परिवर्तन भट्टराई ‘कृति’
नेपालमा समृद्धि अभियानको दुई महिने (असार–श्रावण) कार्यक्रम समूह अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भएका छन् । कार्यक्रमको विषय ‘नेपालमा सुशासनको वर्तमान अवस्थाः चुनौती र सम्भावना’ रहेको थियो ।

(१) विशिष्ट व्यक्तिसँग भेटघाट, (२) भिडियो रेकर्डिङ र प्रसारण, (३) लेख, अन्तर्वार्ता र सिर्जना प्रकाशन र (४) ‘मैले भन्नु छ !’ सार्वजनिक बहसका दर्जनौं कार्यक्रमहरुमा व्यक्त विचारहरुलाई समेटेर प्रतिवेदन निर्माण गरियो ।
Pratibedan Nirman & Sampresan Full Page
पन्ध्र पृष्ठ लामो प्रतिवेदन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल मार्फत् सरकारलाई हस्तान्तरण गरिएको छ । दर्जनौ कार्यक्रमहरुमा सयौंद्वारा व्यक्ति विचारलाई नब्बे (९०) बुँदामा प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदन इमेल मार्फत् बोद्धार्थको रुपमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सम्प्रेषण गरिएको छ । प्रतिवेदन अनलाईन पत्रिका …. मा प्रकाशन गरिएको छ । यसको पूर्ण पाठ पढ्न सकिनेछ । दर्जनौं कार्यक्रमहरु सम्पन्न गर्न सहयोग गर्नु भएका सम्पूर्ण महानुभावहरुलाई अभियानले धन्यवाद व्यक्त गरेको छ ।