विश्व समुदायले जैविक विविधता सम्बन्धीको लक्ष्य हासिल गर्न नसकेको प्रतिवेदन सार्वजनिक ।

 


काठमाडौं, कार्तिक ६ गते ।
संयुक्त राष्ट्रसंघीय एक प्रतिवेदन अनुसार बितेको एक दशकमा वन्यजन्तु तथा पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) जोगाउने अभियानमा विश्व समुदाय असफल भएको ठहर गरेको छ । विश्व समुदायले जैविक विविधता सम्बन्धीको लक्ष्य हासिल गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रसंघीय वातावरण कार्यक्रमले क्यानडामा सार्वजनिक गरेको ‘फिफ्थ वायोडाइभर्सिर्टी आउटलु’ प्रतिवेदन सार्वजनिक गरेको थियो । सार्वजनिक उक्त प्रतिवेदनले मानवीय क्रियाकलापकै कारण धेरै प्रजातिका जीवजन्तु लोप हुने खतरा बढेको छ । विभिन्न देशका सयभन्दा बढी वैज्ञानिकहरुले अनुसन्धान गरेर उक्त प्रतिवेदन तयार गरेका हुन् । प्रकृति र प्रकृतिमा उपलब्ध जैविक विविधताको अवस्था बारे उक्त प्रतिवेदनले प्रकाश पारेको छ । संरक्षित क्षेत्र र आक्रामक प्रजाति सम्बन्धी ६ वटा लक्ष्य भने आशिंक रुपमा प्राप्त भएको प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार मानव जातिले प्रकृतिलाई अप्रिय तरिकाले शोषण गरिरहेको बताइएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन र जैविक विविधताको विनाश भइरहेकोमा चिन्ता प्रक्रट गरेका छन् । जैविक विविधता सम्बन्धी २० लक्ष्यमध्ये कुनैमा पनि सफलता प्राप्त नभएको प्रतिवेदनमा उल्लेख छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *