परम्परागत मूल्यमान्यता बोकेका घर, परिवार र समाजले नै लुकाउँदा बालविवाहका घटना बाहिर आउँदैनन् ।

 

काठमाडौँ, वैशाख १० गते ।

नेपालमा बालविवाह एक प्रमख समस्याको रुपमा रहेको छ । आर्थिक रुपमा कमजोर, पिछडिएको परिवार र पुरातन मूल्य मान्यताका कारण बालविवाह रोकिएको छैन । आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडी परेकाहरुमा यो समस्या झनै डरलाग्दो अवस्थामा छ । उमेर नपुगी विवाह गर्ने, उमेर नपुगी नै आमा बन्ने कारणले स्वास्थ्य तथा आर्थिक जोखिम बढेको छ । पछाडी परेको समुदायमा प्रायःले उमेर नपुगी नै विवाह गरिसकेका हुन्छन् ।

परम्परागत मूल्यमान्यता बोकेका घर, परिवार र समाजले नै लुकाउँदा बालविवाहको घटना बाहिर आउँदैनन् । प्रहरीमा उजुरी परेका मात्रै बालविवाह बदर हुन्छन् । परिवारले नै बालविवाह गर्नेलाई प्रोत्साहित गरेका हुन्छन् । केटा र केटी पक्षको प्रेम सम्बन्धका कारणले पनि बालविवाह हुने गर्छ । मन परापर गरेर विवाह गरेको भनेर परिवार र समाजले वैद्यता दिन्छन् । यसलाई राज्यले कडाईपूर्वक रोक्न सकेको छैन । सामाजिक संघसंस्थाहरुले आवाज बुलन्द गर्न सकेका छैनन् ।

मिडियाले सबै बालविवाहलाई बाहिर ल्याउन सकेको छैन । परिवार र समाज बालविवाहको विरुद्धमा छैन । यसैका कारणले बालविवाह रोकिएको छैन । कानुनतः बीस वर्ष नपुगी विवाह गर्न मिल्दैन । कानुनको पूर्ण बर्खिलाप भएको छ । मकवानपुरका चेपाङ समुदायका ११, १२, १३, १४ वर्षमा धेरै बालिकाहरुको विवाह भइसेकेको हुन्छ । १५ वर्ष नपुग्दै बच्चा जन्माई सकेको हुन्छन् । आमा नै बच्चा भएपछि बच्चाको स्तरीय लालनपालन र उच्च सांस्कृतिकरण हुने सम्भावना हुँदैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *