शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, कर्मचारी र अभिभावक विद्यालय शिक्षाका सरोकारवाला पक्ष हुन् ।

 

काठमाडौं, असोज ९ गते ।
नेपालको शैक्षिक जग दुई वटा छन् । एउटा सरकारी पक्ष छ भने अर्को निजी पक्ष छ । विद्यालय स्तरमा सरकारी विद्यालयलाई सामुदायिक विद्यालय भनिन्छ भने निजी विद्यालयलाई संस्थागत विद्यालय भनिन्छ । सरकारी विद्यालयलाई सामुदायिक विद्यालय भन्नुको अर्थ हुन्छ खर्च सरकारी नियन्त्रण र व्यवस्थापन चाहिँ समुदायिक । निजी विद्यालयलाई संस्थागत विद्यालय भन्नुको अर्थ हुन्छ कि त्यसलाई संस्थागत रुपमा परिचालन गर्न सकियोस् । निजी भन्ने बित्तिकै खुद्रा पसलको व्यवहार नहोस् । उच्च शिक्षा विश्वविद्यालय अवधारणामा आधारित भएर सञ्चालित छ । यस तहमा पनि सरकारी र निजीको प्रावधान विद्यमान छ । सरकारी शैक्षिक संस्थाको शैक्षिक परिणाम प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म कमजोर भएको देखिन्छ ।

निजी क्षेत्रका शैक्षिक संस्थाहरुले सबै तहमा शैक्षिक परिणाम राम्रो दिएका छन् । यसरी सरकारी शैक्षिक संस्थाको शैक्षिक परिणाम नराम्रो हुनु निजी क्षेत्रको राम्रो हुनुको कारणको खोजी गर्नु जरुरी छ । विशेषतः यहाँ सन्दर्भ उठाउन खोजेको विषय चाहिँ विद्यालय तहको शैक्षिक स्थितिको बारेमा हो । नेपालका सामुदायिक विद्यालय आजको दिनमा राजनीतिक केन्द्र भएका छन् । शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, कर्मचारी र अभिभावक विद्यालय शिक्षाका सरोकारवाला पक्ष हुन् । सामुदायिक विद्यालयका शिक्षक कुनै न कुनै राजनीतिक दलका नेता, कार्यकर्ता र शुभचिन्तक छन् । उनीहरु आफ्नो राजनीतिक दलको गतिविधिमा संलग्न र परिचालित हुँदा पठनपाठनमा गम्भीर धक्का पर्न गएको छ । विद्यालय क्षेत्र शान्ति क्षेत्र भन्दाभन्दै पनि शिक्षक गैर शैक्षिक गतिविधिमा संलग्न हुन्छन् ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *