ज्ञान, धन, मान, सान जस्ता कुराहरुलाई प्रयोग गरेर मस्तिष्कको अधिकतम उपयोग गर्न सकिन्छ ।

 

काठमाडौं, भदौ २९ गते ।
मस्तिष्क क्षमता र उपयोगको कुरालाई सर्वाङ्गिक विषयको रुपमा लिइन्छ । यसको उच्चतम् अर्थात् अधिकतम उपयोग गर्नको लागि सर्वाङ्गिक अभ्यासको जरुरी हुन्छ । यस क्षेत्रका विज्ञहरुको अनुसार मान्छेले मस्तिष्कको कुल क्षमताको अत्यन्तै न्यून क्षमताको मात्र प्रयोग गरेका छन् । मस्तिष्क सर्वाङ्गिक विषय हो । कुनै एकमा हुने कमी वा कमजोरीले यसको क्षमताको अधिकतम उपयोग सम्भव हुँदैन ।
१. मस्तिष्कलाई सकारात्मक उत्प्रेरणा दिने : मस्तिष्कलाई सक्रिय बनाउन यसलाई सकारात्मक उत्प्रेरणाको जरुरी हुन्छ । नकारात्मक उत्प्रेरणाले मस्तिष्क झनै उत्प्रेरित हुन्छ । तर त्यो विधि घातक हुने भएकाले त्यसको प्रयोग गरिनु हुँदैन । ज्ञान, धन, मान, सान जस्ता कुराहरुलाई प्रयोग गरेर मस्तिष्कको अधिकतम उपयोग गर्न सकिन्छ ।
२. सांस्कृतिक वा कर्मकाण्डमा कम समय : संस्कृति र कर्मकाण्ड भनेका परम्परागत विषय हुन् । यसलाई पहिचान वा परम्पराको हिसाबले स्वीकार गरिन्छ । संस्कृति र कर्मकाण्डमा प्रश्न हुँदैन । त्यहाँ मान्ने कुरा मात्रै हुन्छ । यसले व्यक्तिलाई प्रश्न विहीन बनाई दिन्छ । जहाँ प्रश्न खडा हुँदैन त्यहाँ मस्तिष्क शिथिल हुन्छ । मस्तिष्कको उच्चतम् उपयोग गर्न प्रश्नलाई जगाई रहनुपर्छ ।

३. उद्यमशील र सिर्जनशील बन्ने : उद्यमशीलतामा मस्तिष्कले धेरै कसरत गर्नुपर्छ । त्यसैगरी सिर्जनशीलतामा पनि मस्तिष्कको प्रयोग बढी हुन्छ । कहिले घाम जाला वा जागिरे प्रवृत्तिले मस्तिष्कलाई सक्रिय हुन दिँदैन । त्यसैले आफूलाई उद्यमशील र सिर्जनशील बनाएर मस्तिष्कको अधिकतम उपयोग गर्न सकिन्छ ।
४. ज्ञान, विज्ञान र प्रविधिको भोको हुने : ज्ञानको निरन्तर विकास हुुन्छ । त्यसैगरी विज्ञान र प्रविधिको पनि विकास हुन्छ । यी विषयहरुको विकाससँगै व्यक्तिले आफूलाई अध्यावधिक गराउन सक्नुपर्छ । त्यसको लागि मस्तिष्कलाई सक्रिय बनाई राख्नुपर्छ । त्यसले मस्तिष्कको क्षमता वृद्धि गराउँछ । गहिरो अध्ययन र अभ्यासको आवश्यकता पर्ने भएकाले यी विषयमा व्यक्ति भोको हुनुपर्छ । सो प्राप्तिको लागि निरन्तर प्रयास गरिरहनु पर्छ ।
५. मस्तिष्कमा चित्र कोर्ने : मस्तिष्कले सुनेको भन्दा देखेको कुरालाई छिटो स्मरण गर्छ । त्यसैले सुन्ने भन्दा देख्ने कुरालाई बढी महत्व दिनुपर्छ । घोकाई भन्दा अवलोकन अध्ययनमा जोड दिनुपर्छ । त्यसो भएमा मस्तिष्कले लामो समयसम्म स्मरण गरिरहन्छ । अर्थात् भोगाई सहितको सिकाइले मस्तिष्कलाई झनै शक्तिशाली बनाउँछ ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *