खानेकुराको उपभोग सन्तुलन उमेर, मौसम, समय र शरीरको प्रकृति अनुसार फरक हुनु पर्छ ।

 

काठमाडौं, भदौ २९ गते ।
स्वास्थ्य विज्ञहरुका अनुसार मानिसको शारीरिक र मानसिक विकास उसले खाने खानेकुराको सन्तुलनमा भर पर्छ । खानेकुराको उपभोग सन्तुलन उमेर, मौसम, समय र शरीरको प्रकृति अनुसार फरक हुनु पर्छ । व्यक्तिको उमेर बच्चा, वयस्क र वृद्ध हुन सक्छ । सोही अनुसार खानेकुराको उपभोग सन्तुलन हुनुपर्छ । त्यसैगरी गरी वर्षभरी जाडो र गर्मीका विभिन्न मौसम हुन्छन् । मौसमले व्यक्तिको शरीरमा प्रभाव पारिरहेको हुन्छ । मौसमले शरीaरलाई पार्ने प्रभावका आधारमा खानेकुरा खानुपर्छ । चौबिस घण्टाको समयलाई पनि ख्याल गर्नुपर्छ । बिहान, दिउँसो र बेलुकाको खानेकुरा पनि फरक हुन्छन् । बिहान खानु पर्ने चिज बेलुका खाएमा शरीरलाई पाच्य हुँदैन । प्रत्येक मान्छेको शरीर विशिष्ट प्रकृतिको हुन्छ । उसको शरीर संरचना अनुसार खानेकुरा खानुपर्छ । यी सबै कुराको जानकारी राख्न स्वास्थ्य विज्ञहरुसँग परामर्श गर्ने बानी बसाउनु पर्छ ।

जाडो मौसममा खाने खानेकुरा गर्मी मौसममा उपयुक्त नहुन सक्छ । वातावरणीय तापक्रमले मानिसको शरीरमा पारेको असरलाई ख्याल गर्दै खानेकुरा खानुपर्छ । नेपाली समाजमा खाना खानु भनेको भोक मेटाउनलाई हो भन्ने गलत सोँच छ । खाना खानु भनेको मानिसको शारीरिक र मानसिक विकास गर्न चाहिने आवश्यक पौष्टिक तत्वको आपूर्ति हो । वयस्क र वृद्ध उमेर समूहका मान्छेको शारीरिक र मानसिक अवस्थालाई स्थिर राख्न सन्तुलित भोजनको आवश्यक हुन्छ । त्यसमा भोक मेटाउने कुरा स्वतः पर्दछ । मौसम, उमेर, समूह, शारीरिक अवस्था आदिको आधारमा पौष्टिक तत्वको आपूर्ति फरक फरक हुनुपर्छ । शारीरिक र मानसिक क्षमताको विकासका लागि जुन बेला जे खानु आवश्यक हुन्छ त्यसबेला त्यही खानु नै ब्यालेन्स डाइट हो । प्राकृतिक वातावरण अनुसार मानिसको शरीरमा वातावरणीय प्रभाव परिरहेको हुनाले मौसमी खानेकुरा खाँदा बढी फाइदा हुन्छ । बेमौसमी खानेकुराले शरीरलाई जति पौष्टिक तत्व दिनुपर्ने हो त्यो दिन सक्दैन । पुस माघमा पाइने सागसब्जी र फलफूलहरु असार साउनमा खाँदा मानिसको शरीरलाई जति फाइदा गर्नुपर्ने हो त्यो गर्न सक्दैन ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *