सन् १९८८ मा बहालवाला राष्ट्रपति जियाउल हकको प्लेन दुर्घटनामा मृत्यु भएको थियो ।

 


काठमाडौं, साउन १९ गते ।

दक्षिण एसियाको पश्चिम तर्फ रहेको पाकिस्तानको कुल क्षेत्रफल ८,०३,९४० वर्ग कि.मि. छ । पूर्वमा भारत, पश्चिममा इरान र अफगानिस्तान, उत्तरमा अफ्गानिस्तान र चीन, दक्षिणमा अरेबीयन सागर रहेको छ । यस देशको राजधानी इस्लामावाद हो । प्रमुख शहरहरु इस्लामावाद, कराँची, लाहोर र फैसलावाद हुन् । सबैभन्दा ठूलो शहर कराँची हो । सन् २०१५ को कुल अनुमानित जनसङ्ख्या १९,९०,८५,८४७ छ । जनघनत्व २६०.८ जना प्रति वर्ग कि.मी छ । प्रमुख जातीय समुदाय पञ्जावी, सिन्धी, पस्तुन, बलुची हुन् । प्रमुख भाषा पञ्जावी, पाश्तो, सिन्धी, बलोची, काश्मिरी, ब्राहुइ, हिन्द्को, शिन्ना, बल्ती, खुवार, बुरुशाश्की, यिद्घा हुन् । प्रमुख धर्म इस्लाम हो । लगभग ९७ प्रतिशत जनताले इस्लाम धर्म मान्छन् । प्रति व्यक्ति वार्षिक आय १,४२७.०८ अमेरिकी डलर छ । सरकारी कामकाजको प्रमुख भाषा उर्दु हो भने सहायक भाषा अङ्ग्रेजी हो । विभिन्न ऐतिहासिक तथ्यहरुको आधारमा यस देशको सिन्धु सभ्यता ताम्र प्रस्तर युगबाट शुरु भएको मानिन्छ । प्राचीन समय देखि नै भवन, हतियार, वस्त्र, आभूषण लगायतको विकास भएको पाइन्छ । सामाजिक, सांस्कृतिक, धार्मिक, उद्योग र वाणिज्य क्षेत्रको ऐतिहासिक विकास प्रक्रियामा विशिष्टता रहेको छ । प्राचीन सभ्यताको केन्द्र सिन्धु उपत्यकामा विभिन्न आक्रमण भएको पाइन्छ । मुगल साम्राज्य र बेलायती साम्राज्यले यस देशमा शासन गरे । सन् १९४७ मा बेलायतबाट भारत स्वतन्त्र भए पश्चात हिन्दू र मुश्लिम समुदायबीच द्वन्द्व भयो । लाखौँले ज्यान गुमाउनु प¥यो । हालको पाकिस्तान पश्चिम पाकिस्तान र हालको बङ्गलादेश पूर्वी पाकिस्तान भयो ।

तत्कालीन मुस्लिम लिगका अध्यक्ष मोहम्मद अली जिन्ना प्रथम शासक बने । पूर्वी पाकिस्तानले पश्चिम पाकिस्तान विरुद्ध विद्रोह ग¥यो । सन् १९७१ मा पूर्वी पाकिस्तान अलग भई हालको बङ्गलादेश बन्यो । सन् १९७९ मा जुल्फिकर अली भुट्टोलाई फाँसी दिइयो । पूर्व राष्ट्रपति तथा पाकिस्तान पिपुल्स पार्टीका नेता भुट्टोलाई दिएको फाँसी सजायसँगै राजनीतिक अस्थिरता बढ्यो । तत्कालीन सैनिक सरकार धेरै आलोचित भयो । सन् १९८८ मा बहालवाला राष्ट्रपति जियाउल हकको प्लेन दुर्घटनामा मृत्यु भयो । त्यसपछि बेनजिर भुट्टो पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री बनिन् । सैनिक शासक पर्वेज मुसर्रफको सत्ता आरोह र अवरोह पनि रोचक छ । हाल पाकिस्तानमा सङ्घीय संसदीय गणतान्त्रिक व्यवस्था छ । पाकिस्तानको भारतसँग कास्मिरको भू–भागको विषयमा युद्ध नै भएको छ । कास्मिर समस्याको कारण यी दुई देशबीचको सम्बन्ध बेला–बेलामा चिसिने गरेको छ । अन्य छिमेकी देशसँगको सम्बन्ध भने सुमधुर छ । यो आणविक हतियारयुक्त देश हो । तालिवान र अलकायदा जस्ता अतिवादी मुस्लिम सङ्गठनका आतङ्ककारी गतिविधिका कारण शान्ति सुरक्षा कायम गर्नु चुनौति बनेको छ । आक्रमण, हत्या, विष्फोट र आत्मघाती आक्रमण निरन्तर हुने गरेका छन् । यस देशले आतङ्ककारी गतिविधि विरुद्ध आफ्नो सुरक्षा संयन्त्रलाई सँधै उच्च सतर्कतामा राख्ने गरेको छ । यो देश संयुक्त राष्ट्रसङ्घ र सार्कको सदस्य राष्ट्र हो । यो मुलुकलाई अझै राम्ररी चिन्न र जान्न बस्तुगत ढङ्गले हेर्नु उपयुक्त हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *