मान्छेले लाखौँ वर्षदेखि गरेको अभ्यास र अनुभवको परिणाम उन्नत मानव मस्तिष्कको विकास भएको हो ।

 


काठमाडौं, असार २६ गते ।

आजको मान्छेको मस्तिष्क भनेको मानव विकासको लाखौँ वर्षको परिणाम हो । मान्छेले लाखौँ वर्षदेखि गरेको अभ्यास र अनुभवको परिणाम स्वरुप उन्नत मानव मस्तिष्कको विकास भयो । जसले यसको उच्चतम उपयोग गर्न सक्यो ऊ उच्च मानव बन्न सक्यो । जसले यसको प्रयोग गरेन वा गर्न सकेन ऊ साधारण मानव बन्यो । आजको संसारमा पनि त्यही भइरहेको छ । विगतमा योग, ध्यान र प्राणायको विधिबाट यसको प्रयोग गरिन्थ्यो । ४/५ हजार वर्ष पहिले ऋषिहरुले मस्तिष्कको उच्चतम प्रयोग गरेको देखिन्छ । किनकि उनीहरुले यो दुनियाँलाई दिएको ज्ञानको भण्डारको आधारमा त्यही अनुमान सहज रुपमा लगाउन सकिन्छ । आजको मानवले अभ्यास र परीक्षणबाट मस्तिष्कको उच्चतम प्रयोग गरिरहेको छ । जुन व्यक्ति, परिवार, समाज र देशमा मस्तिष्क शक्तिको विकास र प्रयोग गर्ने चेत र अभ्यास छ त्यसैले प्रगति गरेको देखिन्छ ।

मानव मस्तिष्क शरीरको माथिल्लो भागमा अवस्थित हुन्छ । यो कडा हाड अर्थात खप्परको संरचनाले सुरक्षित हुन्छ । यसलाई कुनैपनि प्रकारको क्षति हुन पुगेमा शरीरका अन्य भागले समेत काम गर्न सक्दैनन् । मानव मस्तिष्कको तीन भाग हुन्छन् । (१) सेरेब्रम । यो मस्तिष्कको सबैभन्दा ठूलो भाग हो । यसले मस्तिष्को जम्मा तौलको लगभग ८० प्रतिशत हिस्सा ओगटेको हुन्छ । यो दुई भागमा बाँडिएको हुन्छ । दाइने पट्टीको भागलाई राइट हेमिस्फेयर भनिन्छ । देब्रे पट्टीको भागलाई लेफ्ट हेमिस्फेयर भनिन्छ । यो टचिङ, भिजनिङ, हियरिङ, रिजनिङ, इमोशनिङ, लर्निङ जस्ता कामसँग सम्बन्धित छ । राइट हेमिस्फेयर शरीरका लेफ्ट पार्ट्ससँग सम्बन्धित हुन्छ भने लेफ्ट हमिस्फेयरको सम्बन्ध शरीरको राइट पाटर््ससँग हुन्छ ।

(२) सेरिबेलम । मस्तिष्कको यो दोस्रो ठूलो ओजन भएको भाग हो । यसले तौलको लगभग १० प्रतिशत ओगटेको हुन्छ । यो टाउको अर्थात खप्परको पछिल्लो भागमा अवस्थित हुन्छ । यसले मस्कुलर एक्टिभिटीलाई कोअर्डिनेट र रेगुलेट गर्छ । यसले सेन्सरी सिस्टमबाट इन्फरमेशन लिन्छ । प्रिसिजन, कोअर्डिनेशन, एक्युरिसी अफ टाइमिङ एण्ड पोस्चर यसको कार्य क्षेत्र हो । (३) ब्रेनस्टम । यो मस्तिष्कको तेस्रो भाग हो । यसले शरीरका अन्य भागहरुमा सूचना प्रवाहको काम गर्छ । ब्रिदिङ, स्वालोविङ, हर्ट रेट, ब्लड प्रेसर, कन्ससनेस, अवेक, स्लिपी जस्ता यसको कार्यक्षेत्र हो । यी तीनै प्रकारका मस्तिष्कको कम्पोजिशन नै होल मस्तिष्क हो । यो नै मानव शरीरलाई चेत दिने सेन्टर हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *