ग्यालेक्सीमा लाखौँ-करोडौँको संख्याका ताराहरु गुरुत्वकर्षण बलका कारण सँगै रहेका हुन्छन् ।

 


काठमाडौं, जेष्ठ १८ गते ।

आकाशगंगा अर्थात् ग्यालेक्सी भनेको अन्तरिक्षमा ताराहरुको एक स्वतन्त्र विशाल समूह हो । ग्यालेक्सीमा लाखौँ, करोडौँको संख्याका स्टार, डस्ट र ग्यास ग्रयाभिटेसनल अट्र्याक्सनका कारण सँगै रहेका हुन्छन् । पृथ्वी सूर्य (सन) नामक ताराको एक ग्रह (प्लानेट) हो । सूर्य एक सिस्टम हो जसलाई सोलार सिस्टम भनिन्छ । सूर्य अर्थात् सोलार सिस्टम मिल्कीवे ग्यालेक्सीको एक तार हो । पृथ्वीबाट रातको समयमा देखिने ताराहरु मिल्कीवे ग्यालेक्सी भित्रका ताराहरु हुन् । मिल्कीवे ग्यालेक्सीमा हन्ड्रेड थाउजन्ड मिलियन ताराहरु रहेको अनुमान खगोलविद्हरुले गरेका छन् । खगोलविद्हरुले ग्यालेक्सीलाई विभिन्न भागमा विभाजन गरेका छन् । त्यसमध्ये एक स्पाइरल ग्यालेक्सी हो । हाम्रो ग्यालेक्सी अर्थात् मिल्कीवे ग्यालेक्सी पनि स्पाइरल ग्यालेक्सीमा पर्छ । उक्त ग्यालेक्सीलाई पनि अर्डिनरी र ब्यारेड ग्यालेक्सीमा बर्गिकरण गरिएको छ । मिल्कीवे ग्यालेक्सी ब्यारेड स्पाइरल ग्यालेक्सीमा पर्छ । सो ग्यालेक्सी ‘सेन्ट्रल बार–सेप्ड स्ट्रक्चर’ मा रहेको हुन्छ । उक्त आकारमा स्टार, डस्ट र ग्यास गुरुत्वकर्षण बलका कारण अडिएर रहेका हुन्छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *