हिमाली क्षेत्रदेखि महासागरसम्म फैलिएका कारण भारतमा भौगोलिक र जैविक विविधता धरै छन् ।

 

काठमाडौं, जेष्ठ १४ गते ।

भारत एसिया महादेशको दक्षिणी भागमा अवस्थित एक विशाल देश हो । यस देशको कुल क्षेत्रफल ३२,८७,५९० वर्ग कि.मी. छ । यस देशका छिमेकी देशहरु पूर्वमा म्यानमार, उत्तरमा नेपाल, चीन, भुटान र पश्चिममा पाकिस्तान रहेका छन् । दक्षिणमा हिन्द महासागर रहेको छ । प्रमुख शहरहरु नयाँ दिल्ली, मुम्बई, कोलकोता, हैदरावाद, चेन्नई आदि रहेका छन् । राजधानी नयाँ दिल्ली हो । सन् २०१५ को अनुमानित कुल जनसङ्ख्या १,२७,६२,६७,००० रहेको छ । हिन्दू धर्मका ७९.८० प्रतिशत, मुस्लिम धर्मका १४.२० प्रतिशत, इसाई धर्मका २.३० प्रतिशत र शिख धर्मका ३.४६ प्रतिशत जनता छन् । प्रमुख जातीय समुदाय इण्डो आर्यन र द्रविडियन हुन् । यो सार्कको सबैभन्दा ठूलो मुलुक हो । प्रमुख भाषा हिन्दी, अङ्ग्रेजी, बङ्गाली, तमिल र उर्दु हुन् । सङ्घीय संसदीय संवैधानिक गणतान्त्रिक शासन व्यवस्था छ । २९ वटा प्रान्त छन् । द्विसदनात्मक व्यवस्थापिका छ । माथिल्लो सदनलाई राज्यसभा र तल्लो सदनलाई लोकसभा भनिन्छ । चामल, गहुँ, कटन, जुट, चिया र उखु मुख्य बाली हुन् । क्षेत्रफलको आधारमा विश्वको सातौँ ठूलो देश हो । विश्वको सबैभन्दा बढी पानी पर्ने क्षेत्र चेरापुञ्जी भारतमा नै पर्छ । यो देश संयुक्त राष्ट्रसङ्घको सदस्य सन् १९४५ अक्टुबर ३० मा बन्यो । संयुक्त राष्ट्रसङ्घको कुल बजेटको ०.४५ प्रतिशत बजेट अनुदान सहयोग गर्छ । उत्तरको हिमाली क्षेत्रदेखि पश्चिम दक्षिणको अरब महासागर, दक्षिणको हिन्द महासागर र पूर्व दक्षिणको बङ्गालको खाडीसम्म फैलिएको कारण यस देशको भौगोलिक तथा जैविक विविधता धेरै छ ।

यहाँ राजस्थान स्थित थार भनिने भारतको सबैभन्दा ठूलो मरुभूमि छ । मानव निर्मित विश्वका सात आश्चार्यमध्ये ताजमहल यहाँ छ । भारतीय जनताका वार्षिक प्रति व्यक्ति आय १,६८८ अमेरिकी डलर छ । भारत आणविक शक्ति सम्पन्न मुलुक हो । यो देश कृषि प्रधान भएतापनि धेरै उद्योगहरु रहेका छन् । भारतमा पूर्वीय दर्शनको व्यापक प्रभाव छ । हिन्दू धर्मका विभिन्न ग्रन्थहरु भारतीय भूमिसँग जोडर रचना गरिएका छन् । भारत पूर्वीय दर्शनको आधारभूमि हो । विश्वकै पुराना सभ्यता र संस्कृतिहरु छन् । ई.पू. १५०० तिर आर्य जातिका मानिसहरु भारत प्रवेश गरेको पाइन्छ । त्यहाँ आर्यहरुले वैद्विक सभ्यताको विकास गरे । मौर्यवंशी सम्राट अशोकले तेस्रो शताब्दीमा राज्य गरी बौद्ध धर्मको विस्तार गरे । चौथो देखि छैठौँ शताब्दीसम्म भारतमा विज्ञान, कला, साहित्य र संस्कृतिको बढी विकास भएको पाइन्छ । त्यसैले उक्त समयलाई भारतको इतिहासमा स्वर्ण युग मानिन्छ । मुगल सम्राटहरुले सन् १५२६ देखि सन् १८५७ सम्म शासन गरे । प्रथम विश्व युद्धपछि भारतमा व्यापक रुपमा राष्ट्रिय भावनाको विकास भएको पाइन्छ । महात्मा गान्धी नेतृत्वको शान्तिपूर्ण अहिंसात्मक भारत छोड आन्दोलनले भारतलाई बेलायती उपनिबेशबाट मुक्त बनायो । त्यसैले महात्मा गान्धीको सम्मान विश्वमै उच्च छ । महात्मा गान्धीको अहिंशा र शान्तिको अनुसरण गर्ने मान्छेहरु वर्तमान विश्वमा करोडौँ छन् । आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा उनको ठूलो योगदान रहेको छ ।

सन् १९३० मा गान्धीले प्रारम्भ गरेको भद्र अवज्ञा आन्दोलनले बेलायती साम्राज्यलाई घुँडा टेक्न बाध्य बनायो । अन्ततः सन् १९४७ अगस्ट १५ मा भारत बेलायती उपनिवेषबाट मुक्त भयो । स्वतन्त्र भारतका प्रथम प्रधान मन्त्री जवाहरलाल नेहरु बने । यो देशको जीवनमा नयाँ युगको प्रारम्भ भयो । स्वतन्त्र भएपछि पनि यहाँ ठूला ठूला घटनाक्रमको श्रंखला बनेको छ । सन् १९५० जनवरी २६ मा प्रजातान्त्रिक गणतन्त्र घोषणा भयो । हिन्दू र मुस्लिम समुदायको बीचमा साम्प्रदायीक दङ्गा भएका छन् । धार्मिक र जातीय दङ्गामा लाखौँ जनताले ज्यान गुमाएका छन् । करोडौँ मानिसले स्थान परिवर्तन गर्नु प¥यो । सन् १९७१ मा पाकिस्तानसँग युद्ध भयो । राजनीतिक सङ्कटका कारण सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सङ्कटकालको घोषणा गरिन् । सन् १९८४ अक्टुबर ३१ मा इन्दिरा गान्धीको हत्या भयो । सन् १९९१ मे २१ मा राजिव गान्धीको पनि हत्या भयो । भारत आज विश्वका शक्तिशाली राष्ट्रमा आफूलाई उभ्याउन सफल भएको छ । भारत दक्षिण एसियाको सबैभन्दा ठूलो देश हो । भूगोल, जनसङ्ख्या र प्रजातान्त्रिक अभ्यासको हिसाबले यो देशको भूमिका र महत्व बढी छ । सार्कको एक सदस्य मुलुक भएकाले पनि दक्षिण एसियामा भारतको भूमिका बढी छ । नेपाल र भारतबीचको सम्बन्ध जनता जनताबीचमा झाँगिएको छ । ठूलो भूमि र धेरै जनसङ्ख्या भएको यो मुलुक विश्व अर्थ राजनीतिमा प्रभावशाली बन्दै गएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *