नेपाल–चीन सीमा सन्धिमा नेपालको तर्फबाट महेन्द्र शाह र चीनको तर्फबाट लिउशाव चीले हस्ताक्षर गरेका थिए ।

 


काठमाडौं, जेष्ठ १० गते ।

नेपाल–चीन सीमा सन्धि (५ अक्टोबर १९६१) नेपाल–चीन संयुक्त सीमा समितिले कार्य सम्पन्न गरी तयार पारेको थियो । दुई देशको सीमा सन्धिमा नेपालका तर्फबाट श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम शाहदेवले र जनगणतन्त्र चीनका तर्फबाट अध्यक्ष लिउशाव चीले हस्ताक्षर गरेका थिए । संयुक्तरूपमा ५ अक्टोबर १९६१ मा हस्ताक्षर गरेका थिए । ५ धारा भएको यस सीमा सन्धिमा दुई देशका बीच परम्परागत चलनचल्तीमा आएको सीमारेखालाई आधार मानिएको थियो । संयुक्त टोलीद्वारा छानबिन गराउने गरी समानता, आपसी फाइदा, मित्रता तथा आपसी सामन्जस्यताको सिद्धान्तमा सन्धि तयार गरिएको थियो । पश्चिमबाट पूर्वतर्फ सीमारेखा अङ्कन गरी सो रेखाको उत्तरतर्फ चीन र त्यसको दक्षिणतर्फ नेपाली भू–भाग पर्ने गरी सीमा उल्लेखन गरिएको थियो । यस सीमा उल्लेख भए अनुसार नेपाल–चीन सीमारेखालाई १३ सेक्टरमा विभाजन गरिएको छ ।

सीमारेखाको काम लिपुलेक भन्ज्याङ्भन्दा एक किलोमिटर दक्षिण (काली र टिङ्कर नदीको पानीढलो तथा कर्णाली नदीका शाखा नदीहरू र टिङ्कर नदीको पानीढलो जोडिएको ठाउँ) बाट सुरु गरिएको थियो । उरै भन्ज्याङ्–नलाकङ्कर हिमाल (६,५५० मिटर) कालीगण्डकी (६,२४१ मि) चाक्लो–ग्याला भन्ज्याङ्–थाप्लेभन्ज्याङ्–याङ्रा हिमचुली–चुसुम्दो–चोमो पार्मरी–नेच्लेसाँधु–पोप्ती भन्ज्याङ्–राखा भन्ज्याङ्–चाबुक भन्ज्याङसम्म मात्र पु¥याइएको छ । पूर्वी सीमाखम्बा स्थापनाको अन्त्य नेपाल–चीन–सिक्किम जोडिएको झिन्साङ्चुलीमा हुनुपर्नेमा चाबुक भन्ज्याङ्सम्म मात्र गरिएको छ । झिन्साङ्मा एक त्रिदेशीय बिन्दुका साथै सीमारेखाको पश्चिमी अन्त्यमा अर्को त्रिदेशीय बिन्दु निर्माण गरिनु पर्ने थियो । त्यस समयमा तीन देशहरूमध्ये भारतको उपस्थिति नहुनुका कारणले त्रिदेशीय बिन्दुहरू हालसम्म कायम हुन सकेको छैन । सीमा उल्लेखन खासगरी हिमालयको पानी ढिलो, हिमचुली, भञ्ज्याङ्, पहाडी रिज्, स्पर, नदी, चरन आदि क्षेत्र हुँदै पश्चिमबाट पूर्व हुँदै अङ्कन गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.