काठमाडौं, जेष्ठ २ गते ।
फ्रायडवाद मनोविज्ञानको विचार र पद्धति हो । यसको नाम अष्ट्रियायी तन्त्रिका रोग विशेषज्ञ तथा मनोविज्ञानवेत्ता सिग्मण्ड फ्राइडको नामबाट रहन गएको हो । विकारयुक्त मानसिक प्रक्रियाहरुका कारण अध्ययन गर्दै फ्रयाडवादले आत्मिक क्रियाहरुलाई शारीरिक क्रियाका कारणमा बुझ्ने असहज भौतिकवादी प्रयत्नलाई दृढतापूर्वक अस्वीकार गरियो । उनले आत्मिक क्रियाकलापलाई स्वतन्त्र रुपमा हुने क्रियाको रुपमा व्याख्या गरे । भौतिक प्रक्रियाको छेउमा अस्तित्वमान हुन्छ भन्ने बताए । चेतनाभन्दा बाहिर विशेष सास्वत मनोगत शक्तिहरुबाट शासित हुन्छ भन्ने मान्दछन् । मान्छेका मनमा आनन्द प्राप्तिका लागि अचेतन कामना र यथार्थताको त्यो सिद्धान्तबीच अपरिवर्तनीय मानसिक टकरावले भाग्यले झैँ घेर्दछ ।
जसको अनुकुल चेतनाले स्वयम्लाई ढाल्दछ भन्ने कुरामा यसले विश्वास गर्दछ । फ्रायडले मानिसका आत्मिक क्रियाहरुका अवस्थाहरु समस्त क्रियाकलापहरु र साथै साराका सारा ऐतिहासिक घटनाहरु एवं सामाजिक गतिविधिहरुमा मनोवैज्ञानिक विश्लेषण लागू गर्दछन् वा उनले अचेत, सबैभन्दा माथि यौन संवेगहरुको अभिव्यक्तिका रुपमा व्याख्या गर्दछन् । मानिसको मनको गहिराइमा सास्वत टकराव फ्रायडका अनुसार नैतिकता, कला, विज्ञान, धर्म, राज्य पद्धति, युद्ध आदिको कारण सारतत्व प्रत्यक्ष बोधबाट लुकेको उदात्तिकरण हो । नवफ्रायडवाद सांस्कृतिक, मनोवैज्ञानिक विश्लेषण पन्थका प्रतिपादक के.होर्नी, ए. कार्डिनेर, एफ. अलेक्जेण्डर आदिले फ्रायडको मुख्य तार्किक दिशा अछुत राखे तथा मानव जीवनको साराका सारा घटनाहरु केवल यौन अन्तरधारमा मात्र देख्ने प्रवृत्ति अंगाल्दै शास्त्रीय फ्रायडवादका कतिपय अध्ययन विधिलाई परित्याग गरे ।