लोकतन्त्रको पहिलो पुस्ता प्रत्यक्ष लोकतन्त्र इसापूर्वको ८औँ शताब्दीबाट प्रारम्भ भएको मानिन्छ ।

 


काठमाडौं, वैशाख २६ गते ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भनिन्छ । लोकतन्त्रको अभ्यासमा कमजोरी भएर सच्याउनु पर्छ । लोकतन्त्रको मूल्यमान्यतामा विकास गर्नु पर्ने भए गर्नुपर्छ । वैचारिक रुपमै लोकतन्त्रको सुदृढीकरण गर्नु पर्ने भए त्यो पनि गर्नुपर्छ । तर, लोकतन्त्रको विकल्प हुँदैन । विश्वमा आज लोकतन्त्रको विजय निरन्तर भइरहेको छ । विभिन्न रुपका तानाशाहहरुले पनि लोकतन्त्रकै कुरा गरेका हुन्छन् । जनताको सार्वभौमिकताकै कुरा गरेका हुन्छन् । जसले जे भने पनि देश, काल र परिस्थिति अनुसार लोकतन्त्रको समृद्धिकरण भने जरुरी भइरहन्छ । प्राचीन लोकतन्त्रको इतिहास ग्रिसबाट शुरु भएको मानिन्छ । इसापूर्वको १२औँ देखि ८औँ शताब्दीसम्म ग्रिस कृषि युगमा थियो । कृषि युगसँगै समाजमा विभिन्न वर्गहरुको विकास भए । दास, किसान, व्यापारी र नोवल जस्ता वर्गहरुको उदय भयो । नोवलहरुको हातमा नगर राज्यसत्ता पुग्यो । कुतमा मोही किसानहरुलाई जमीन उपभोग गर्न दिन्थे । त्यसैको माध्यमबाट किसानमाथि शोषण गर्थे ।

इसापूर्वको ८औँ शताब्दीपछि ग्रिकको समाज व्यवस्थामा परिवर्तन आयो । धातुको उत्खनन भयो । व्यापारी वर्ग र जमीनदारहरुका बीच सत्ता संघर्ष चल्यो । विस्तारै लोकतन्त्रको प्राचीन अभ्यास शुरु भयो । लोकतन्त्रको प्राचीन स्वरुप प्रत्यक्ष लोकतन्त्रको अभ्यास हुन थाल्यो । साना नगर राज्यहरुमा जनताको प्रत्यक्ष सहभागिता भयो । कुनै विषयमा निर्णय गर्नु पर्दा कुनै एक ठाउँमा जनता जम्मा हुन्थे । एसीयाली देशहरु सिरिया, इरान र इराकमा पनि यस प्रकारको लोकतन्त्रको अभ्यास हुने गरेको इतिहासकारहरुले बताउने गरेका छन् । कतिपय अध्यताहरुका अनुसार मिथिलालाई पहिलो गणतन्त्र पनि भनेका छन् । मिथिला गणतन्त्रमा जनकको निर्वाचन हुन्थ्यो । मेसेडोनियामा अलेक्जेण्डर महान्को उदयसँगै ग्रिक लोकतन्त्रको अन्त्य भयो । ग्रिक नगरराज्यहरुमाथि विजय हासिल गरेर उनले मेसेडोनियामा गाभे । उनको शासनकालबाट राजतन्त्रको शुरुवात भएको विश्वास गरिन्छ । विश्व विस्तारै रोमन साम्राज्यको युगमा प्रबेश ग¥यो । लोकतन्त्रको पहिलो पुस्ता प्रत्यक्ष लोकतन्त्रको अन्त्य भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *