काठमाडौं, वैशाख २ गते ।
एसिया महादेशको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित बङ्गलादेशको कुल क्षेत्रफल १,४७,५७० वर्ग कि.मि. रहेको छ । भूगोलको आधारमा यो देश विश्वको ९४ औँ ठूलो देश हो । सन् १९१५ को अनुमानित जनसङ्ख्या १६,८९,५७,७४५ जना रहेको छ । जनसङ्ख्याको हिसाबले यो देश विश्वको ८ औँ ठूलो देश हो । राजधानी ढाका हो । सबैभन्दा ठूलो शहरपनि ढाका नै हो । लगभग ९८ प्रतिशत मानिस बङ्गाली जातीय समूहका रहेका छन् । मुस्लिम ८६.६० प्रतिशत र हिन्दू १२.१० प्रतिशत धार्मिक समूदायका मानिसहरु बङ्गलादेशमा छन् । एकात्मक संसदीय संवैधानिक गणतान्त्रिक शासन व्यवस्था छ । सन् १९४७ अगस्ट १४ मा बेलायती साम्राज्यको उपनिबेशबाट यो क्षेत्र स्वतन्त्र भयो र पूर्वी पाकिस्तानको रुपमा स्थापित भयो । सन् १९७१ मार्च २६ मा पाकिस्तानबाट स्वतन्त्र भयो । सन् १९७२ नोभेम्बर ४ मा निर्मित संविधानद्वारा शासन व्यवस्था सञ्चालित छ । जनघनत्व १,०३३.५० जना प्रति वर्ग कि.मि. रहेको छ । विश्वमा जनघनत्वको हिसाबले यो देश १२औँ स्थानमा रहेको छ । प्रति व्यक्ति वार्षिक आय १,३१४ अमेरिकी डलर छ । प्रति व्यक्ति आयको हिसाबले यो देश विश्वको १५५औँ ठूलो देश हो । बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ । बङ्गलादेश नामाकरण सन् १९५० मा गरिएको हो । प्राचीन समयमा यहाँ हिन्दू धर्मावलम्बीहरुको वर्चश्व थियो । लगभग १२औँ शताब्दीबाट मुस्लिम बाहुल्यता बढ्यो । सन् १९७१ मा यस देशमा भिषण गृहयुद्ध भयो । लाखौँ मानिस मारिए भने दशौँ लाख मानिस शरणार्थी बन्न बाध्य भए । पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुने क्रममा भारत र पाकिस्तानको युद्ध भयो । बङ्गलादेशका प्रथम राष्ट्रपति सइद नजरुल इस्लाम हुन भने प्रथम प्रधान मन्त्री शेख मुजिबुर हुन् ।
पाकिस्तानबाट स्वतन्त्र भएपछि पनि यहाँ राजनीतिक अस्थिरता कायम रह्यो । सरकार ढाल्ने र बनाउने दाउपेच बढी नै भए । राजनीतिक दलहरुबीच तिक्ततापूर्ण सम्बन्ध भयो । बेला–बेलामा ठूला–ठूला राजनीतिक द्वन्द्व हुने गरेका छन् । प्राकृतिक प्रकोपले यहाँ ठूला–ठूला सङ्कट आउने गरेका छन् । राजनीतिक अस्थिरता र प्राकृतिक प्रकोपका कारण यो देश सन् १९८० को दशकमा विश्वका अति कम विकसित मुलुकहरुमध्येमा प¥यो । सन् १९९१ मा आएको समुद्री आँधीले धनजनको अत्याधिक क्षति ग¥यो । सन् २००४ को बाढीले ठूलो भू–भाग प्रभावित भयो । कृषि उत्पादनको हिसाबले यो देशको माटो मलिलो छ । गङ्गा र ब्रम्हपुत्र नदीले ल्याएको माटोबाट बनेको जमीन भएकाले कृषियोग्य माटो छ । केही अग्ला पहाडहरु छन् । नदीहरु सदावहार छन् । बेलायती साम्राज्यले इष्ट इण्डिया कम्पनी मार्फत भारतमा उपनिवेश कायम गर्दा बङ्गलादेशलाई भारतको एक अङ्ग मानिन्थ्यो । त्यस बखत यस क्षेत्रलाई पूर्वी बङ्गाल भनिन्थ्यो । छिमेकी देशहरुमा पूर्व, पश्चिम र उत्तरमा भारत रहेको छ । दक्षिणमा बङ्गालको खाडी हुँदै हिन्द महासागरमा जोडिएको छ । ठूलो भू–भाग समुद्र सतहबाट केही फिट मात्रै उचाइमा रहेको छ । त्यसैले यहाँ समुद्री आँधीको प्रकोप हुने सम्भावना बढी छ । बङ्गलादेश र नेपाल नजिकका छिमेकी मुलुक हुन् । यी दुई देशबिचको दुरी लगभग २७ कि.मि. मात्रै रहेको छ ।