राजनीति मूलतः देश (स्पेश) र काल (टाइम) मा आधारित गतिशील सन्तुलनमा हुनेगर्छ र हुनुपर्छ ।

 

काठमाडौं, वैशाख ३ गते ।

राजनीति मूलतः देश (स्पेश) र काल (टाइम) मा आधारित गतिशील सन्तुलनमा हुनेगर्छ र हुनुपर्छ । तर, नेपालको राजनीतिमा यो विषयलाई प्रबेश नै गराइएन । त्यसैले नेपालका राजनीतिकर्मीहरु यो विषयमा अनविज्ञ हुन पुगे । जतिले यसको महत्वबोध गरे, राजनीतिको मुलधारमा ल्याउन सकेनन् । नेपालको राजनीतिमा खड्केका थुप्रै विषयहरुमध्ये यो एक प्रमुख हो । स्पेश तत्वले राजनीति कहाँ र कसका लागि भन्ने प्रश्नको जवाफ खोज्छ । त्यसैगरी टाइम तत्वले कहिले भन्ने प्रश्नको जवाफ खोज्छ । राजनीति स्पेश र टाइमको गतिशील सन्तुलनमा प्रवाहमान हुनुपर्छ । नेपालको राजनीति यहीँ चुक्यो र चुकिरहेको छ । यो विषय राजनीतिलाई हेर्ने आँखीझ्याल हो । दार्शनिक विषय पनि हो । कतिपयलाई यो विषय बेकार लाग्न सक्छ । त्यो बुझाई नितान्त राजनीतिप्रतिको अल्पज्ञान र मुख्र्याई मात्रै हो ।

देश र कालको अन्र्तसम्बन्धलाई गतिमा प्रवाहमान् नगर्दा त्यसको मूल्य देशले नै चुकाउनु परेको छ । परिणामतः नेपालको राजनीतिले पर्याप्त आधार निर्माण गर्न सकेन र लक्ष्य भेदन पनि गर्न सकेन् । यसलाई ‘थिङ्क ग्लोबल्ली एण्ड एक्ट लोकल्ली एप्रोच’बाट हेरिनुपर्छ । देश अर्थात् स्पेशको कुरा गर्दा नेपाल विश्वमानचित्रमा दक्षिण एसियमा छ । दक्षिण एसियाको पनि भारत र चीनबीच भूपरिवेष्ठित अवस्थामा छ । मूलतः भारतवेष्ठित अवस्थामा छ । यसको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक लगायतका विशिष्ठ पहिचान छ । त्यसैगरी काल अर्थात् टाइम तत्वको कुरा गर्दा विश्व एक्काइसौँ शताब्दीमा छ । त्यसो हो भने नेपाल पनि सोही कालखण्डमा हुन्छ र रहेको छ । नेपालको राजनीतिलाई समयतत्वको आँखाबाट हेर्दा शताब्दियौं पछाडी छ । उदार पुँजीवादी लोकतान्त्रिक (कांग्रेस) र साम्यवादी (कम्युनिष्ट) हरुले यसलाई आत्मसात् गरेनन्, गरिरहेका छैनन् । यसलाई वर्तमानमा विकसित गर्नुपर्ने महत्वपूर्ण कार्यभार बाँकी छ । वैकल्पिक राजनीतिले यसलाई समेट्न सक्नुपर्छ । होइन भने नयाँ पार्टी हुँदैमा वैकल्पिक भन्न मिल्दैन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *