जर्ज बुस प्रथमले ‘रिड माई लिप्स, नो ट्याक्स’ अर्थात् ‘मेरा ओठ पढ, कर छैन’ भन्ने नारा दिएका थिए ।

 

काठमाडौँ, चैत्र २७ गते ।

अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच. डब्लु. बुसको जन्म सन् १९२४ जून १२ मा अमेरिकाको म्यासाज्युटस्को मिल्टनमा भएको थियो । त्यसैगरी मृत्यु सन् २०१८ नोभेम्बर ३० मा अमेरिकी राज्य टेक्सासको हस्टन स्थित आफ्नै निवासमा भयो । उनको मृत्यु ९४ वर्षको उमेरमा भयो । उनी संयुक्त राज्य अमेरिकाको ४१ औँ राष्ट्रपति हुन् । सन् १९८९ देखि १९९३ सम्म चार वर्षको एक कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हाले । उनी जर्ज बुस सिनियरको रुपमा परिचित छन् । उनको आफ्नै छोरो जर्ज डब्लु बसु अमेरिकाको ४३औँ राष्ट्रपति बने । उनलाई जर्ज बुस जुनियर भनेर चिनिन्छ । बाबु जर्ज बुस सिनियर र छोरो जर्ज बुस जुनियरको नामले परिचित छन् । सन् १९८८ मा भएको राष्ट्रपतीय निर्वाचनमा उनले ‘रिड माई लिप्स, नो ट्याक्स’ अर्थात् ‘मेरा ओठ पढ, कर छैन’ भन्ने नारा दिएका थिए । सो नारा जनताबीच चर्चित भयो । त्यसले उनलाई राष्ट्रपति निर्वाचनमा विजयी बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिन्छ । उनले उच्च नैतिक चरित्र, निष्ठा र आदर्शमा विश्वास गर्थे । त्यसैको जगमा उनले आफ्नो जीवन सफल बनाए । सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धमा अमेरिकी सेनाको विमान चालक थिए । दोस्रो विश्वयुद्धमा युद्धक विमान सहित प्रत्यक्ष रुपमा सहभागी भए । सन् १९६४ देखि राजनीतिमा प्रबेश गरे ।

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिमा निर्वाचित भए । अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको राष्ट्रपतित्वकालमा सन् १९८१ देखि १९८९ सम्म दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी सम्हाले । अमेरिकी गुप्तचर एजेन्सी सीआईएको प्रमुख भए । संयुक्त राष्ट्रसंघको लागि अमेरिकी राजदुत बने । उनको कार्यकालमा खाडी युद्ध भयो । सन् १९९१ आ इराकी शासक सद्दाम हुसेनले कुवेतलाई आफ्नो देशको भू–भागमा गाभे । कुवेत मुक्तिको लागि अमेरिकी नेतृत्वमा सन्यै गठबन्धनले इराकविरुद्ध अन्तर्राष्ट्रिय सैन्य कारबाही ग¥यो । उक्त कारबाही उनकै प्रत्यक्ष निर्देशनमा भएको थियो । उनकै कार्यकालमा सोभियत संघको विघन भई शीतयुद्धको अवस्था औपचारिक रुपमा अन्त्य भयो । शीतयुद्धको अन्त्य हुनुमा उनको विदेश नीतिको सफलता मानिन्छ । उनले विदेश नीतिलाई विशेष महत्व दिएका थिए । उनको विदेश नीति पूर्वी यूरोपमा रहेको कम्युनिज्मविरुद्ध लक्षित थियो । सोभियत संघको विघन भई शीतयुद्धको अन्त्य हुनु र पूर्वी युरोपमा कम्युनिज्म कमजोर हुँदै जानुमा उनको विदेश नीतिको सफलताको रुपमा हेरिएको छ । अमेरिकी सेनामा रहेर दोस्रो विश्वयुद्ध लड्नु र राष्ट्रपतिकालमा खाडी युद्ध हुँदै शीतयुद्धमा विजयी हासिल गर्नु उनको जीवनको महत्वपूर्ण घट्नाक्रम हुन् । उपरोक्त घट्नाक्रमसँगै उनको नाम जोडिने भएकाले विश्व राजनीतिक इतिहासमा उनी चर्चित छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *