मोहनदास करमचन्द गान्धी जसलाई रवीन्द्रनाथ ठाकुरले महात्मा भनेर उनको आचरण तथा कामलाई सम्मानित गरे ।

 

काठमाडौं, चैत्र २३ गते ।

मोहनदास करमचन्द गान्धी जसलाई रवीन्द्रनाथ ठाकुरले महात्मा भनेर उनको आचरण तथा कामलाई सम्मानित गरे । सुभासचन्द्र बोसले उनलाई राष्ट्रपिता भनेर सम्मानित गरे । अहिंसाका पुजारी भारतीय राष्ट्रिय काङ्ग्रेसका सर्वमान्य र मूर्धन्य व्यक्ति महात्मा गान्धीले कश्मिरदेखि कन्याकुमारीसम्म राष्ट्रलाई एकगठ गरेर स्वतन्त्रता सङ्ग्रामलाई चरमचुलीमा पु¥याए । त्यसको उपलब्धीलाई पनि उनले स्थापित गरे । महात्मा गान्धीले बेलायती साम्राज्यवादसँग सोझै टक्कर नगरेर दबाबको राजनीतिक लाइन लिए । दोस्रो विश्वयुद्धको क्रममा सङ्कटमा फसेको बेलायती साम्राज्यवादविरुद्ध स्वतन्त्रता सङ्ग्रामलाई निर्णायक लडाइँमा फेर्नुपर्ने मागलाई छेउ लगाउँदै उनले डोमिनियन स्टेटको माग राखे । बेलायतले एउटा पनि माग पूरा नगरेपछि उनले बेलायतविरुद्ध असहयोग आन्दोलन चलाए ।

त्यो आन्दोलनले उग्र रूप लिएर जनआकांक्षा अभिव्यक्ति हुन थालेपछि फेरि त्यसलाई पनि फिर्ता लिइयो । कार्यनीतिक मतभिन्नताका कारण सयौँ नेतासहित सुभासबाबुलाई पनि उनले पार्टीबाट निकाले । महात्मा गान्धी स्वतन्त्रता सङ्ग्राम कुलीन वर्गको हातमा हुनुपर्छ भन्ने चाहन्थे । तल्ला वर्गका जनताका पनि थुप्रै मागहरू उनले अघि सारे तर नेतृत्वमा भने उनीहरूलाई कहिल्यै स्थान दिएनन् । साम्प्रदायिकताको सबालमा उनी स्पष्ट थिए । उनको सपना भारतको सबै सम्प्रदायका मान्छे एकगठ भएको हेर्ने थियो । स्वतन्त्रतापछि उनी कुनै पनि पदमा रहन चाहेनन् । भारत विभाजनको क्रम चलिरहँदा उनी साम्प्रदायिक भिडन्तका विरुद्ध राष्ट्रिय जनमत तयार पार्न लागे । दक्षिणपन्थी धार्मिक कट्टरतावादीहरूको नजरमा गान्धी मुस्लिमपोषक र देशविभाजनका जिम्मेवार थिए । त्यही कारण देखाएर ३० जनवरी, १९४८ मा उनको हत्या गरियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *