पोषणविद्का अनुसार माइक्रोगे्रन्स अर्थात् टुसा उम्रिएको अन्न स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

 

काठमाडौं, चैत्र १८ गते ।

पोषणविद्का अनुसार माइक्रोगे्रन्स अर्थात् टुसा उम्रिएको अन्न स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रिएपछि खाँदा सामान्य अन्नको तुलनामा दोब्बर पोषण पाइन्छ । सामान्य अन्न भन्दा टुसा उम्रिएको अन्न पचाउन सजिलो हुन्छ । अङ्कुरण भएपछि फाइबरको मात्रा दोब्बर हुन्छ । भिटामिन र एन्टिअक्सिडेन्टको मात्रा बढी हुने हुँदा स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । पोषणविद्हरुका अन्ुसार माइक्रोग्रेन्स अर्थात् टुसा उम्रिएका गेडागुडीमा भिटामिन खनिज र क्यारोटिनोड बढी पाइन्छ । त्यसैगरी आइरन, पोटासियम, जिङ्क, म्यागनेसियम, क्याल्सियम, भिटामिन ए, सी, के र बिभिन्न किसिमका पोलिफिनहरु पाइन्छन् । टुसा उम्रिएका खानेकुराहरुमा पोलिफेनल एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइने हुँदा मुटुको लागि फाइदाजनक हुन्छ । टुसा उम्रिएको खानेकुरामा एलडीएल अर्थात् खराब कोलेस्ट्रोल हटाउने क्षमता हुन्छ ।

मुटुलाई स्वस्थ राख्न टुसा उम्रिएको खानेकुरा फाइदाजनक मानिन्छ । त्यसैगरी तौल घटाउन अर्थात् शरीरलाई व्यवस्थित गर्न आवश्यक पर्ने भिटामिन, आइरन र अन्य पोषक तत्वहरु प्रशस्त मात्रामा पाइन्छन् । सामान्य खानेकुरामा भन्दा बढी मात्रामा पोलिफेनल एन्टिअक्सिडेन्ट धेरै पाइने हुँदा अल्जाइमर जस्ता रोगको जोखिमलाई कम गर्छ । शरीरमा बिभिन्न कारणले हुने न्यूरोडिजेनेरिटेभ डिसअडर अर्थात् स्नायुमा हुने क्षतिलाई कम गर्छ । पोषणविद्हरुका अनुसार टुसा उम्रिएको मेथी प्रयोग गर्दा रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सकिन्छ । यसमा एन्टिडायबेटिज गुण पाइने हुँदा मधुमेहका रोगीहरुलाई टुसा उम्रिएको मेथी लाभदायक हुन्छ । त्यसैगरी पोषणविद्हरुको सल्लाहमा नियमित मात्रा मिलाएर टुसा पलाएको खानेकुरा सेवन गर्दा क्यान्सरको जोखिमलाई समेत कम गर्न सकिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *