विज्ञहरुका अनुसार गर्मी मौसममा ठोस खानेकुराको कटौति गरेर पानीको मात्रा बढाउनु पर्छ ।

 


काठमाडौं, चैत्र १५ गते ।

गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्या पैदा हुन्छन् । झाडापखाला तथा पेटसम्बन्धी समस्या त झनै बढी हुन्छ । गर्मी मौसममा खानेकुरा चाँडो सडिने र जिवाणुको संक्रमण बढी हुने गर्छ । विभिन्न खालका सरुवा रोगहरुको जोखिम बढी हुन्छ । यस मौसममा हुने स्वास्थ्य समस्याबाट बच्न खानपानमा बढी ध्यान दिनुपर्छ । विज्ञहरुका अनुसार गर्मी मौसममा ठोस खानेकुराको कटौति गरेर पानीको मात्रा बढाउनु पर्छ । तरल खाद्यवस्तुको सेवन बढी गर्नुपर्छ । मसलेदार खानेकुरा खानु हुँदैन । त्यसैगरी रातो मासु धेरै खानु हुँदैन । स्वास्थ्य विज्ञहरुका अनुसार आँटाबाट बनेको रोटी पनि कम खानुपर्छ ।

खानैपरे बिहानको भोजनमा खान सकिन्छ । रोष्ट गरिएका मासुजन्य परिकार बढी खानु हुँदैन । त्यसैगरी बासी खानेकुरा खानु हुँदैन । गर्मी बढाउने आँप जस्ता फलफुल पनि धेरै खानु हुँदैन । शरीरमा गर्मी चाँडै बढाउने घिउ र मह जस्ता खाद्यवस्तुको धेरै सेवन गर्नु हुँदैन । जंकफुड, फास्टफुट र बढी तेल मिसिएका खानेकुरा धेरै कम खानुपर्छ । गर्मी मौसममा चिया र कफी सेवनमा पनि धेरै कटौति गर्नुपर्छ । कोल्डड्रिङ्क्स र आइसक्रिम धेरै सेवन गर्नु हुँदैन । गर्मी मौसममा शरीरमा पानीको मात्रा कम हुने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । घैँटोको पानी स्वास्थ्यका लागि बढी लाभदायक हुन्छ । लस्सी र कागतीको सर्वत लाभदायक हुन्छ । दाल, भात, तरकारी र सलादको उपयुक्त समिश्रण बनाएर खानुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *