पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोना भाइरस संक्रमित संख्या २८८ जनाले थपिएको छ ।

 


काठमाडौं, चैत्र २७ गते ।

पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित संख्या २८८ जनाले थपिएको छ । ४ हजार ७१ जनाको आरटीपीसीआर गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो चौबिस घण्टामा १२७ जना कारोना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ हजार ३८ जना रहेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ७३ हजार ७३५ जना पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *