जीवनभर सिक्ने कुरा र कक्षा चढाइमा सिकाइलाई सिमित गर्नेबीच ठूलो अन्तर हुन्छ ।

 

काठमाडौँ, चैत्र १५ गते ।

डेनिस विट्लेले सिकाई एक निरन्तर प्रक्रिया हो भनेका छन् । यसको प्रारम्भ व्यक्तिको जन्मसँगै हुन्छ । त्यसको अन्त्य उसको मृत्य भएसँगै हुन्छ । त्यसै कारण उनले जीवनभर सिक्नुहोस् भनेको हुनुपर्छ । ‘आफूलाई जीवनभर सिक्नको लागि समर्पित गर्नुहोस् ।’ भन्ने उनको भनाई चर्चित छ । ‘निरन्तर सिकाई कुनैपनि क्षेत्रमा सफलताको लागि न्यूनतम आवश्यकता हो ।’ समेत भनेका छन् । विट्लेको सिकाई सम्बन्धी उपर्युक्त विचारले व्यक्तिलाई निरन्तर सिक्नको लागि उत्प्रेरित गरेको छ । उनको सिकाई सम्बन्धी दृष्टिकोणलाई नेपाली समाजमा रहेको सो सम्बन्धी व्याप्त दृष्टिकोणसँग तुलनात्मक विश्लेषण गर्न सकिन्छ । नेपाली समाजमा अध्ययनलाई निरन्तर सिकाई प्रक्रियाको रुपमा स्वीकार्ने एउटा सानो तप्का छ । अर्को ठूलो तप्काले यसलाई विद्यालय वा विश्वविद्यालयको कक्षा चढाईसँग जोडेर हेर्नेगर्छ । जीवनभर सिक्ने कुरा र कक्षा चढाइमा सिकाइलाई सिमित गर्नेबीच ठूलो अन्तर छ ।

जीवनभर सिक्ने कुराले सिकाई व्यक्तिको जीवनपद्धति बन्छ । कक्षा चढ्नलाई मात्रै सिक्ने कुराले कुनै एक प्रोजेक्ट सम्पन्न गर्ने कुरामा सिमित गर्छ । यसले स्वयम् व्यक्तिलाई नै कमजोर बनाउँछ । प्रगतिको बाधक बन्छ । अन्ततः देश र समाजलाई नै ठूलो क्षति पुग्छ । विश्वका विभिन्न देशहरुमा पढाई वा सिकाई सम्बन्धी विभिन्न मान्यता रहेको पाउन सकिन्छ । मान्यतासँगै यस सम्बन्धमा विभिन्न संस्कार वा मूल्य बसेको पाउन सकिन्छ । हातमा किताब वा सिकाइका साधन बोक्ने र त्यसैलाई अभिन्न साथी बनाउने गर्छन । कतिपयले सिकाइको उचाइलाई अनुसन्धानको तहमा उठाएका छन् । पढ्ने मात्रै होइन कि यसलाई कारण र परिणामको तहमा पु¥याउँछन् । सिकाइलाई प्रश्नको वर्षाले गहिराइमा पु¥याँछन् । सिकाईलाई जीवन पद्धति बनाउने वा नबनाउने भन्ने कुरा प्रमुख हो । त्यस्तो सिकाइले खोज तथा अनुसन्धानको रुप धारण गर्छ । सिकाइलाई नयाँ कुरा पत्ता लगाउने तहमा पु¥याउनु धेरै ठूलो कुरा हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *