लुई पास्चर बायलोजिष्ट, माइक्रोबायलोजिष्ट र केमिष्टको रुपमा विश्व प्रशिद्ध छन् ।

 


काठमाडौं, चैत्र ५ गते ।

लुई पास्चरको जन्म सन् १८२२ मा फ्रान्समा एक सामान्य परिवारमा तेस्रो सन्तानको रुपमा भएको थियो । उनी बायलोजिष्ट, माइक्रोबायलोजिष्ट र केमिष्टको रुपमा विश्व प्रशिद्ध छन् । प्रिन्सिपल अफ भ्याक्सिनेसन, माइक्रोबायल फरमेन्टेसन र पास्चराइजेसन डिस्कभर गरे । लुई पास्चरले रेबिज र एन्थ्राक्सको खोप पत्ता लगाए । उनले जर्म थ्योरी अफ डिजिज पनि पत्ता लगाए । दुधलाई जिवाणु रहित बनाउन हाल पास्चराइजेसन बिधि प्रयोग गरिन्छ ।

उनलाई फादर अफ इम्युनोली पनि भनिन्छ । उनी सन् १८८७ मा स्थापना गरिएको पास्चर इन्स्टिच्युटको डाइरेक्टर भए । शुरुको अवस्थामा उनी विद्यालयमा सामान्य विद्यार्थी थिए । फिसिङ र स्केचिङ रुचि राख्थे । तर, पछिल्ला दिनमा मेधावी विद्यार्थी भएर निस्के । विशेषतः रेबिज रोगको खोप पत्ता लगाएर करोडौँ मानिसको जीवन बचाएका कारण उनलाई विश्वले नै सम्मान गरेको छ । फ्रान्सको स्ट्रासबर्ग विश्वविद्यालयमा केमिस्ट्रीको प्राध्यापक भए । सन् १८९५ मा फ्रान्सको पेरिसमा उनको मृत्यु भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *