त्रिभूज आकारको प्रशान्त महासागरको कुल क्षेत्रफल १६ करोड ५२ लाख ५० हजार रहेको छ ।

 


काठमाडौं, चैत्र ५ गते ।

प्रशान्त महासागर त्रिभूज आकारको छ । यसले पृथ्वीको कुल क्षेत्रफलको ३० प्रतिशत ओगटेको छ । यो महासागर पृथ्वीको सबैभन्दा ठूलो र गहिरो महासागर हो । यो महासागर प्रत्येक वर्ष खुम्चिरहेको छ । प्रशान्त महासागरको कुल क्षेत्रफल १६ करोड ५२ लाख ५० हजार रहेको छ । यसले पृथ्वीको कुल जलमण्डलको ४५.५ प्रतिशत भाग ओगटेको छ ।

उक्त महासागरको सबैभन्दा गहिरो भागलाई मरियाना ट्रेन्च भनिन्छ । यो झण्डै ११ हजार ३३ मिटर गहिरो छ । यो विश्वकै सबैभन्दा गहिरो भाग हो । स्पेनिस अन्वेषक फर्डिन्याण्ड म्यागलन यो महासागरको नाम प्यासेफिक ओसन राखेका हुन् । यसको अर्थ शान्त सागर हुन्छ । प्रशान्त महासगरीय क्षेत्रमा २५ हजारभन्दा बढी साना ठूला टापूहरु रहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *