अल्फ्रेड नोबेलले सन् १८९६ मा आफ्नो नामबाट नोबेल पुरस्कार स्थापना गरेका थिए ।

 

काठमाडौं, फागुन २७ गते ।

विश्व प्रसिद्ध रसायनशास्त्री अल्फ्रेड नोबेलले सन् १८९६ मा आफ्नो नामबाट स्थापना गरेको विश्वप्रसिद्ध पुरस्कार नै नोबेल पुरस्कार हो । सबैभन्दा बढी धनराशी भएको यो पुरस्कार विश्वमै चर्चित छ । सन् १८६० मा डाइनामाइट र १८७५ मा जिलेटिन आविष्कार गरेका यी विश्वप्रसिद्ध व्यक्तिले प्रशस्त धन आर्जन गर्न सफल भए । आफ्नो उत्तराधिकारी नभएका कारण र सामाजिक सेवाभावका कारण उनले नोबेल पुरस्कारको स्थापना गरेका हुन् । सन् १८९६ मा उनले तत्कालिन समयमा लगभग ९० लाख अमेरिकी डलर लगानी गरेर एक गुठीको स्थापना गरे र यो चर्चित पुरस्कारको स्थापना गरे । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, अर्थशास्त्र, शान्ति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरुलाई यो पुरस्कार प्रदान गरिन्छ । ठूलो धनराशीको पुरस्कार भएकाले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दा विश्वमै समाचार बन्छ । ठूलो धनराशीको सम्मानित पुरस्कार भएकाले यो पुरस्कार पाउने व्यक्ति पनि एकाएक चर्चाको शिखरमा पुग्ने गर्छ । गुठीमा रहेको ठूलो रकमको ब्याजबाट प्राप्त हुने आयबाट प्रदान गरिने यो पुरस्कार सन् १९०१ बाट प्रदान गर्न थालिएको हो । यो पुरस्कार प्रत्येक वर्षको डिसेम्बर १० तारिखमा उनको स्मृति दिवस पारेर प्रदान गरिन्छ ।

सन् १९०१ मा शान्तिका लागि स्विट्जरल्याण्डका हेनरी ड्युना र फ्रान्सका फेडरिक पासो, भौतिक शास्त्रमा जर्मनीका विलहेम के रोन्टजेन, रसायनशास्त्रमा नेदरल्याण्डका जे. एच. भान्ट हल्फ, चिकित्साशास्त्रमा जर्मनीका एमिल ए. भोन बेहरिङ, साहित्यमा फ्रान्सका सुल्ली प्रोधुम र अर्थशास्त्रमा नर्वेका राग्नर फ्रिच र नेदरल्याण्डका जेन टिन बर्नेजलाई यो पुरस्कार प्रदान गरियो । व्यक्ति वा संस्था दुवैलाई प्रदान गर्न सकिने यो पुरस्कार उसको विशिष्ट योगदानको कदर गर्दै मृत्युपछि पनि प्रदान गरिन्छ । विवादका कारण जर्मनीका ४ जना र सोभियत संघका १ जनाले घोषणा पश्चात पनि यो पुरस्कार पाउन सकेनन् । विशेषतः शान्तिका लागि नोबेल पुरस्कार बढी विवादमा आउने गरेको देखिन्छ । वितरण गरिएका ७ सय ५८ पुरस्कार मध्ये ३३ वटा पुरस्कार महिलाहरुले प्राप्त गर्न सफल भएका छन् । मेरी क्युरी, रबिन्द्रनाथ टैगोर, मदर टेरेसा, दलाई लामा, आङ साङ सुकी आदि व्यक्तित्वहरुलाई प्रदान गरिएको यो पुरस्कारले आफ्नो उचाई अझै बढाइरहेको छ । प्रसिद्ध रसायनशास्त्री अल्फ्रेड नोबेलले आफ्नो सफलताबाट प्राप्त सम्पत्ति सामाजिक हितको निम्ति प्रयोग गर्ने उद्देश्यले स्थापना गरेका थिए । यो पुरस्कारले उनलाई कालजयी त अवश्य बनायो नै पुरस्कार प्राप्त गर्ने व्यक्तिलाई पनि अनुसन्धान र आविष्कारको निम्ति प्रोत्साहित गरेको छ । सामाजिक हित र वैज्ञानिक आविष्कारको क्षेत्रमा ठूलो योगदान गर्ने विश्वभरीका युगौंयुगका व्यक्तिहरुले यो पुरस्कार पाउने निश्चित छ । अल्फ्रेड नोबेलको यो महानताको अनुसरण गर्न सक्नुपर्छ । आजको २१ औँ शताब्दीमा उनको महानता र योगदानको कदर गर्दै नोबेल पुरस्कारको उच्च सम्मान गर्नु उत्तम हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *