तरकारी खेती ग¥यो बिक्री हुँदैन, बजार छैन, दूध उत्पादन ग¥यो, उचित मूल्यमा बिक्री हुँदैन ।

 


काठमाडौं, फागुन १ गते ।

नेपाललाई कृषि प्रधान देश भनियो, भनिन्छ । धेरै मान्छे कृषि क्षेत्रमा संलग्न भएका कारण त्यसो भनिएको हो तर यो क्षेत्र नेपालमा उपेक्षित बनेको छ किनकि कृषि क्षेत्रले पयाप्त आम्दानी दिएको पाइदैन । कृषि कार्य बढी भौतिक कार्य हो । कृषिमा संलग्न हुनेले श्रम गर्नुपर्छ । पसिना बगाउनु पर्छ । उच्च प्रविधि भएका देशहरुमा भने त्यस्तो पाइदैन । त्यहाँ मेसिन चलाउने सीप र र कला भए पुग्छ । कृषिमा आधुनिकीकरण भएको देशमा त्यो सम्भव छ । नेपालमा कृषिको आधुनिकीकरण भएको छैन । व्यवसायीकरण पनि भएको छैन । परम्परागत रुपमा भकारी भर्ने खालको उत्पादन प्रणाली रहेको छ । उत्पादन ग¥यो, भकारी भ¥यो, वर्षभरि खाएर सिद्यायो । नेपालको कृषि प्रणलीको सार यही हो । खण्डित उत्पादन प्रणाली छ । आफूसँग जग्गा जति छ, त्यसैमा खेती लगाउने, गाइवस्तु पाल्ने, जीविका चलाउने भएको छ । कृषिमा, पशुपालनमा आधुनिकीकरण र व्यवसायिक छैन । भारत र चीन देखि लामो दूरी पार गरेर खाद्यान्न, चौपाया, लत्ताकपडा ल्याउँदा नेपाली कृषि उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन किनकि त्यहाँ ठूलो स्केलमा उत्पादन हुन्छ । आधुनिकीकरण गरिएको छ । उत्पादन खर्च कम लाग्छ । नेपालमा भने टुक्रे उत्पादन छ ।

निर्वाहमुखी उत्पादन प्रणाली छ । वर्षभरि पेट पाल्ने तहमा सीमित छ । टुक्रे उत्पादन प्रणालीले उतपादन खर्चमा बढोत्तरी गर्छ । परम्परागत उत्पादन खर्च बढाउँछ । सय रुपैयाँ खर्च गरेर उत्पादित कृषि वस्तुको मूल्य ९० रुपैयाँ भयो भने घाटा हुन्छ । नेपालमा ठिक त्यस्तै भएको छ । उत्पादन खर्च भन्दा बिक्री आम्दानी कम छ । यो एउटा पक्ष भो, अर्को डरलाग्दो पक्ष पनि छ । कृषि बजारको अभाव, कृषि वस्तु चाँडै सड्ने प्रकृतिको हुन्छ, त्यसलाई निश्चित समयभित्र बजारमा पु¥याउनु पर्ने हुन्छ । उपभोग गर्नु पर्ने हुन्छ । तरकारी खेती ग¥यो, बिक्री हँुदैन, बजार छैन, दूध उत्पादन ग¥यो, उचित मूल्यमा बिक्री हँुदैन । उखु खेती ग¥यो लागत उठ्दैन । धानखेती ग¥यो, खर्च उठ्दैन । उत्पादन लागत बढी हुनु, बजारको अभाव, बिचौलिया बिगबिगी हुनु नेपालका कृषि क्षेत्रका घातक पक्षहरु हुन् । बिचौलियाले उत्पादक किसानलाई पनि मार्छ । उपभोक्तालाई पनि मार्छ । उत्पादक र उपभोक्ताबीच दूरी बढाइदिन्छ । बीचमा बसेर टन्न नाफा खान्छ । सरकारले उत्पादनमा पनि योगदान गर्न सकेको छैन ।

बिचौलियालाई पनि हटाउन सकेको छैन । त्यही भएर नेपालमा कृषि क्षेत्र उपेक्षित भएको हो । बरु ऋण काढ्ने, विदेश जाने, चोखो आम्दानी गर्ने, सहरमा घर बनाउने, सुगम ठाउँमा बसाई सर्ने प्रवृत्तिको विकास भएको छ । कृषि क्षेत्रलाई गरिबले, लेखपढ नभएकाले, बुद्धि र विवेक नभएकाहरुले गर्ने परम्परगत पेशाको रुपमा चित्रण गरिएको छ । यसमा प्रमुख दोषी राज्य छ । दोस्रो दोषी समाज रहेको छ । समाजले आफ्नै पेशा कृषिलाई उन्नत बनाउनु भन्दा छोराछोरीलाई विदेश पठाउनुमा गर्व गर्छ । अब के गर्ने ? पहिलो कुरा त किसानसँग राज्य जोडिनुपर्छ । कृषिमा आम्दानीको अवसर बढाईदिनुपर्छ । कृषि गर्दा फाइदा हुन्छ भन्ने बनाइदिनु पर्छ । तरकारी खेती ग¥यो घाटा, पशुपालन ग¥यो, घाटा । कृषि ग¥यो घाटा । घाटाको व्यवसाय नै नेपालको कृषि क्षेत्रको व्यवसाय यथार्थता भएको छ । यसको अन्त्यको लागि सरकार किसानसँग जोडिनुपर्छ । किसानले १० वर्ष कृषि गर्दा एउटा घर किन्न सकिने हैसियत बनाउन सक्नुपर्छ । २५ लाख बैँक ब्यालेन्स हुने बनाउनु पर्छ नत्र भने फाइदा नहुने, दुःख पाउने, भविष्य नदेखिने काम कसैले गर्दैन । अवसर नपाउने र अवसर खोज्न नसक्नेले बाध्य भएर पेट पाल्नको लागि कृषि गर्नेले नेपालको नेपालको कृषि क्षेत्रको उन्नति सम्भव छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published.