युगोस्लाभियाको प्रतिरोध आन्दोलनका नेता र मुक्तियुद्धका प्रणेता जेबी मार्सल टिटो ।

 


काठमाडौं, फागुन १ गते ।

युगोस्लाभियाको प्रतिरोध आन्दोलनका नेता र मुक्तियुद्धका प्रणेता जेबी मार्सल टिटोले मिचाहा जर्मनविरुद्ध मजदुर, किसान र शोषित–पीडित जनतालाई एकगठ बनाएर अनुशासित फौज तयार पारे । त्यसले असीम बलिदान दिएर युद्धको अन्त नहुँदासम्म फासीवादको मुकाबिला ग¥यो । त्यसले युगोस्लाभिया कम्युनिस्ट पार्टी र त्यसका नेता मार्सल टिटोलाई अन्तर्राष्ट्रिय ख्याति प्राप्त भयो ।

युद्धको प्रारम्भिक चरणमा अङ्ग्रेज–अमेरिकीहरूका लागि आँखाको कसिङ्गर बनेका मार्सल टिटोलाई एक्ल्याउन उनीहरूले मिहाज लोविङजस्ता जनाधारबिनाका दक्षिणपन्थी नेताको समर्थन गरे, जसले गर्दा समय र बहुमूल्य ज्यान दुवैको नोक्सानी खेप्नुप¥यो । सोभियत सङ्घको समर्थन प्राप्त टिटोको विकल्प नरहेर अङ्ग्रेज–अमेरिकी गुट उनको समर्थन गर्न बाध्य भए । युद्धपछि भएको पहिलो चुनावमा टिटोको नेतृत्वमा कम्युनिस्ट पार्टीले राजतन्त्रको लाशमाथि उभिएर उखेल्न व्यापक जित हात पा¥यो । दोस्रो विश्वयुद्धको इतिहासमा मुक्तियुद्धको हिरो मार्सल टिटोको सम्झना भइरहनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *