ताइपेयमाथि हमला गर्न चीनले सैन्य अभ्यास गर्‍योः ताइवानका विदेशमन्त्री

 

एजेन्सी
ताइपेय, २४ साउन

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ ।

ताइवानका विदेशमन्त्रीले बेइजिङले आक्रमणको तयारी गर्न र एसिया–प्रशान्त क्षेत्रमा यथास्थिति परिवर्तन गर्न टापुलाई घेरेर हवाई र समुद्री अभ्यासहरू प्रयोग गरिरहेको बताएका छन् ।

वुले ताइपेईमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘चीनले ताइवानमाथि आक्रमणको तयारी गर्न अभ्यास र आफ्नो सैन्य प्लेबुक प्रयोग गरेको छ । ’

 चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा ४ दिन सैन्य अभ्यास गर्ने जनाएको थियो । चिनियाँ सैन्य अभ्यासलाई ताइवानले टापुमा आक्रमण गर्न अभ्यासको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।

चिनियाँ विमान र जहाजहरू आफ्नो क्षेत्रीय पानीमा प्रवेश गरिनसकेको ताइवानले जनाएको छ । सैन्य अभ्यासको अमेरिका, अस्ट्रेलिया, जापानले निन्दा गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published.