सातौं पचशिल्डको उद्घाटन खेलमा मयुरनी विजयी

 

सप्तरी, ९ असोज

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका नम्बर ३ मट्टीगढामा श्री राम जानकी युवा क्लबद्वारा संचालित सातौं पचशिल्ड फुटबल प्रतियोगितामाको उद्घाटन खेलमा मयुरनी समाजसेवी युवा क्लब उदयपुर विजयी भएको छ ।

ग्रामीण कल्याण समूह हर्दिया सप्तरीलाई पराजित गर्दै जित उदयपुरले हाँसिल गरेको हो ।

निर्धारित खेलमा हर्दिया सप्तरीकोले पहिलो हाफमा १ गोल गरको थियो भने भने दोश्रो हापमा उदयपुरले १ गोल गरेपछि बराबरी भएको थियो ।

दुबै टिमबीच कडा प्रतिस्पर्धा रहेको खेलमा निर्धारित समयमा छिनोफानो नभएपछि प्यालेन्टीमार्फत बलही उदयपुरले ६ गोल र हर्दिया सप्तरीले ५ गोल गरेका थिए ।

मट्टीगढा खेलमैदानमा आयोजित खेल उद्घाटन समारोहमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी,उपाध्यक्ष कल्पना कुमारी चौधरी,निवर्तमान उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, २ का पशुपति प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, पूर्व वडा अध्यक्ष अरुण कुमार चौधरी लगायतका उपस्थिति रहेको रामजानकी यूवा क्लबका अध्यक्ष भगवती प्रसाद चौधरीले जानकारी दिए ।

१० वटा टिम सहभागी खेलमा सोमबार खेल बलान यूवा क्लब लहान र रुपनगर स्पोर्ट्स यूव क्लब रुपनगर सप्तरी बीच हुने आयोजक समितिका रमेश प्रसाद चौधरीले जानकारी दिएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *