अमेरिकाको बोस्टनमा जहाजको चिया घोप्ट्याई शुरु भएको विद्रोहलाई ‘चियाको कपमा आँधी’ भनिन्छ ।

 


काठमाडौं, माघ २९ गते ।

उपनिवेशबाट मुक्त हुन अमेरिकावासीले बेलायतविरुद्ध गरेको १९७६ को युद्धलाई स्वतन्त्रता संग्राम भनिन्छ । कोलम्बसले अमेरिका पत्ता लगाएपछि अमेरिकालाई उपनिवेश बनाउने क्रममा बेलायतले सबैभन्दा बढी भागमाथि आफ्नो कब्जा जमाएको थियो । यो उपनिवेशबाट कच्चापदार्थ प्राप्त गर्ने, सम्पत्ति नियन्त्रण गर्ने र सामानहरु बिक्री गर्ने काम गर्दै आएकामा १७६७ मा अर्थमन्त्री टाउन सेन्डले अमेरिकामा आयात गरिने चिया, ग्लास, कागज आदिमा भन्सार बढाएपछि यसले अमेरिकावासीहरुलाई आक्रोशित पारेको थियो । यसको विरोधमा बोस्टनमा दंगा समेत भएपछि चिया बाहेक अरुमा भन्सार हटाइएको थियो । तर, यसले विद्रोह शान्त भएन र चिया लिएर गएको जहाजलाई नै समुद्रमा घोप्ट्याई युद्धको शुरुवात गरेका थिए । बोस्टनमा जहाजको चिया घोप्ट्याई शुरु भएको विद्रोहलाई ‘चियाको कपमा आँधी’ भनिन्छ ।

चियाको कपबाट आँधी वा विद्रोह शुरु भएको भनी यसो भनिएको हो । यस अवस्थामा घमण्डी शासक जर्ज तृतीय बेलायतको राजगद्दीमा थिए । उनले विद्रोहको दमन गर्ने प्रयास गरेपछि १७७४ मा फिलाडेल्फिया सम्मेलनबाट १२ वटा अमेरिकी राष्ट्रहरुले बेलायतसँग ब्यापार गर्ने प्रस्ताव पारित गरे । १७७५ मा कंग्रेसले १७६३ को स्थिति कायम गर्न माग गरेपनि बेलायतले विद्रोह दमन गर्न सेना पठायो । सेना पठाएपछि अमेरिकामा जर्ज वासिङ्टनको नेतृत्वमा सैनिक संगठन गरी युद्धको घोषणा गरियो । तेस्रो फिलाडेल्फिया सम्मेलनमा ४ जुलाई १७७६ मा अमेरिका स्वतन्त्र भएको घोषणा गरिएको थियो । १९८३ मा भर्सिलिज सन्धिबाट बेलायतले अमेरिकाको स्वतन्त्रतालाई मान्यता दिएपछि युद्ध समाप्त भयो । यो उपनिवेशविरुद्धको सफल संग्राम थियो ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *