– रमेश खड्का
काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका आफ्ना नागरिकहरुको स्वास्थ्यप्रति अत्यन्तै संवेदनशील देखिएको छ । यसै कुरालाई ध्यानमा राखेर मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला ज्यूको नेतृत्वमा स्थापना भई भर्खर उद्घाटन भएको बूढानीलकण्ठ स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच पालिकाभित्रका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य उपचारको लागि १ लाख रुपैयाँको निःशुल्क उपचार गर्न पाउने सम्झौता भएको छ ।

पालिका प्रमुख दिपक कुमार रिसाल ज्यूले पालिकाभित्रका सानासाना नानीबाबुहरुको स्थास्थ्यप्रति चिन्तित रहनु पालिकाको महत्वपूर्ण जिम्मेवारीमा पर्ने कुरा बताउनु भएको छ । पालिकाले यो भन्दा अगाडिपनि विभिन्न हस्पिटलहरुसँग सम्झौता गरेको छ । जस्तै काठमाडौं मेडिकल कलेज, सुष्मा मेमोरिलय, ओम हस्पिटल, हेल्पिङ्ह्याण्ड र विभिन्न हस्पिटलहरुसँग स्वास्थ्य सम्झौता गरेको छ ।
