रमेश खड्का
नेपालमा शिक्षा प्रणालीको विकास विभिन्न चरण हुँदै आजको अवस्थामा आईपुगेको छ । १. प्राचिन कालिन शिक्षा २. राणा शासनकालिन शिक्षा ३. आधुनिक कालिन शिक्षा प्रणाली । वि.स.१९१० मा दरवार हाइस्कुलको स्थापना भयो । यो नेपालको पहिलो आधुनिक विध्यालय हो । तर, यहाँ राणाका परिवार र उच्च घरानाका बाहेक अरु कसैले पनि अध्ययन गर्न पाउँदैन थिए । राणा शासनको अन्त्यपछि,नेपालको शिक्षा प्रणालीमा ठूलो सुधार आएको छ । १९५९ मा त्रिभुवन विश्वविध्यालयको स्थापना भयो । २०४६/४७ को बहुदलीय प्रजातन्त्रको स्थापना पछि आधुनिक शिक्षा प्रणालीको सुरुवात भयो । विभिन्न सरकारी, गैर–सरकारी, नीजि विध्यालय, कलेज तथा विभिन्न प्राविधिक शिक्षामा पनि केही ध्यान दिन थालियो । तर, यतिले मात्र प्रयाप्त भयो त ? अवस्य भएन् ।
वर्तमान शिक्षा प्रणाली यस्तो किसिमको बनेको छ; । १. आधारभूत शिक्षाः कक्षा १–८ सम्म । २.माध्यामिक शिक्षाः कक्षा ९–१२ सम्म । ३. उच्च शिक्षाः विश्वविद्यालय स्थरको । उल्लेखित ३ तहका शिक्षा प्रणालीले नेपालको शिक्षा क्षेत्रको शैद्धान्तिक पक्षलाई केही समेटेको भान हुन्छ । तर, यसले प्रयाप्त भयो त ? अवस्य भएन । देश, भुगोल, माटो, जन–जीवन, परिस्थिति, माग र आवश्यकतामा आधारित –उत्पादन मुलक, शीप मुलक, सृजनशीलता आधारित, खोजमुलक, उद्यमशील ज्ञान, नैतिकवान तथा उन्नत चिन्तन प्रणालीमा आधारित शिक्षाको विकास हुनुपर्ने थियो । तर,भएन । यो नै विडम्बना भयो । वर्तमान शिक्षा प्रणाली– जागिर/रोजगारवेस र वैदेशिक रोजगारलाई मात्र प्राथमिकता दिने किसिमको पाठ्यक्रमको विकास भयो । जो देशलाई घाटा भयो । नेपाल त शिक्षा हवको रुपमा विकास हुनुपर्ने थियो, तर भएन । यसका धेरै समस्याहरु छन । ती समस्याहरु भित्रैबाट निम्न समाधान खोज्न सके मात्र शिक्षा प्रणालीमा सुधार आउने छ । जस्ते–(क)–शैक्षिक संस्थाहरुमा दलगत राजनीतिमा प्रतिवन्ध ।

(ख)–गरीवलाई निःसुल्क र धनीलाई सःसुल्क शिक्षामा वैज्ञानिक –करण गर्नुपर्दछ । (ग)–जागिरे र वैदेशिक रोजगारको परिस्थिजन्य मानसिकतालाई घटाउने वातावरण वनाएर,देशभित्रै स्वरोजगार तथा उध्यमशीलतामा प्रोत्साहित गर्ने । (घ)–मानवता, नैतिकता, राष्ट्रप्रेम तथा लोक कल्याणकारीताको ज्ञान आर्जन हुने खालको हुनुपर्दछ । (ङ)–सेवामूलक र व्यवसायमूलक दुवै कुराको सन्तुलित विकास सहितको हुनुपर्दछ । (च)–ज्ञान,विज्ञान,प्रविधि, खोजमूलक,अनुसन्धान मुलक शिक्षा प्रणालीलाई प्रोत्सहान हुने किसिमको हुनुपर्दछ । (छ)–सरकारी र नीजि विद्यालयका शिक्षा प्रणालीमा वैज्ञानिक रुपले एक रुपता ल्याउनु पर्दछ । (ज)–स्थानीय,प्रदेश र संघका शिक्षा क्षेत्रप्रतिको दृष्टिकोण, नियम,व्यवहार चै व्यवहारिक तथा पूर्ण–लोकतान्त्रिक मान्यतामा आधारित पाठ्यक्रमको विकास सहितको नियमनकारी व्यवस्था हुनुपर्दछ ।
(झ)–शिक्षा क्षेत्रका हरेक तहमा, विषयगत रुपमा सक्षम, क्षमतावान, व्यवहारिक तथा नैतिकवान शिक्षकको छनोट गर्न सक्नुपर्दछ । (ण)–विज्ञान,प्रविधि,कृषी प्राविधिक ज्ञान र सीपमा आधारित ज्ञानी शिक्षक हरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु ल्याउनु पर्दछ । (ट)–विश्वविद्यालयबाट उत्पादित ज्ञानी तथा विज्ञ हरुलाई विषयगत रुपमा, उचित संरक्षण गरिकन जिम्मेवार वनाउनु पर्दछ र पलायन हुनबाट जोगाउनु पर्दछ । (ठ) – उद्योग र कलकारखाना–मात्र नभएर कृषि क्षेत्रका प्राविधिक र विज्ञहरु धेरै भन्दा धेरै उत्पादन गरेर, माटो र हावापानी सुहाउँदो जमिनमा खेती गर्न र गराउन, पढेलेखेका नागरिक हरुलाई वैज्ञानिक ढङ्गले राज्यद्वारा प्रोत्साहित गर्नुपर्दछ र पाठ्यक्रम नै यही हिसावले वनाउनु पर्दछ आदि । यदि नेपाल सरकारले यति गर्नसके देश समृद्धिको यात्रामा अगाडी वढ्न कसैले पनि रोक्न सक्दैन । नेपालमा समृध्दि अभियान ।