दिनेश चौलागाईं, (अध्यक्ष, मार्क्सवादी अध्ययन प्रतिष्ठान)
संसारमा उपलब्ध उर्जा शक्तिको को उचित प्रयोगले मात्र बौद्धिक गतिशीलसमा समाजवादी बिकास हुन्छ त्यस प्रकारको सैधान्तिक सामुहिक जन–भावनाको विकास गर्न सकिन्छ सामुहिक भावना अस्तिर र तरल हुन सक्ने हुनाले स्थिर आकृतिमा सीमान्तकृत गर्न दर्शन वा सिधाान्तको सामाजिक नैतिक नियमको छनोटको आवश्यकता पर्दछ । हामी सयौं समस्याहरु ले थिलथिललियको अस्वास्थ अवस्थामा छौ । पीडाबाट आगोको राप झै तातेका छौ । जब आजको इलेक्ट्रिकल दुनियाको आविष्कारले सत्य समाचार जनता सामु आइपुग्नुले बिश्वमा सामन्तवादको निद हराम भएको छ ।जनताले बुज्न हेर्न पढ्न पायका छन बैज्ञानिक चमत्कार ले हामिहरु सबैलाई निष्पक्ष सामुहिक सक्रियताको नियम को दर्शन पढायको छ । मानवतावादी प्राकृति न्यायको अधिकारको सुनिस्चित गर्न जन भावना उर्लिरहेको छ । आधुनिक विकसित शिक्षाले धेरैमा चेतनाको दियो बालेको छ । हामी ससारको सामु अग्रपंक्तिमा भ्रष्टाचारको बिल्ला भिरेर सिद्धान्त माथि धावा बोल्दै समाजवाद को नारामा अलमलिएर मैदानमा जन–संघर्सको लडाइँ लडिरहेका छौ । उदेश्यमुलुक गन्तव्यलाई सीमान्तकृत नगरीकन एकोहोरो जागिरहनुले समस्यको समाधान नहुन पनि सक्छ तसर्थ मानवीय क्रियाकलाप भित्र रहेर आजको समस्यको छिनोफानो गर्नु हामी Gen -Z , Gen -Y र Gen -X सबै ग्रुपका समुदायको साझा उदेश्य बन्नु पर्दछ ।
अन्यथा देशमा लामो समय घृहयुद्द हुन सक्छ । देशमा अहिले सिद्धान्तको नममा भएको राजनैतिक व्यावसाय ले जनतामा ठूलो आक्रोश चुलिएको छ। भोट किनेर ,गुन्डागर्दी गरेर चुनाव जित्ने नेताकार्यकर्ता प्रती नेपाली जनतामा आक्रोश थपेको छ । आवश्यकता भन्दा दुई तिहाई कर्मचारी र सुरक्षाकर्मीहरुको बीचमा रहेर आफ्ना नेताकार्यकर्ताहरु को आशिर्वादमा भ्रष्टाचारको मेलोमेशो मिलाउने कर्मचारी संमयन्त्रहरु प्रती जनतामा ठुलो आक्रोश छ। हजारौं लाखौं भ्रष्टाचारिहरु ले गरिबहरुको रगत र पसिनामा गरेको बैज्ञानिक शोषण प्रति जनताको अहिलेको आक्रोशले आगो सल्केको छ । आज देशमा दलाल पुजीवाद कारण झुट कुरा र झुट काम गर्नेहरू प्रती जनताको आक्रोश छ । सयौं वर्ष देखि एउटै शासन स्थानको शोषण पद्धति देखि जनताको आक्रोश छ त्येसैले आक्रोशको शक्तिलाई उर्जामा बदरेर मानव अधिकारको सुनिस्चित गर्नु सबै आम जनसमुदायमा अपिल गर्न परेको छ। तुरुन्तै लाखौं भ्रष्ट हरुलाई कुटनैतिक तरिकाले कानुनी दायरामा राखेर राज्यको रास्ट्रिय पुँजी वृद्धि गर्नु पर्ने भएको छ उक्त पुँजिले अधिकतम उपभोग विधिद्वारा सफल सुन्दर समाज बनाउने सबैको सोच लाई माहान लक्ष्यको रूपमा सफल गर्नु परेको छ । इतिहास देखि आजसम्म समाज दोन्द्द रुपान्तरण दोन्द्द रुपान्तरण दोन्द्द रुपान्तरण हुदै मानव समाजको वृद्धिबिकास भएको छ ।
आज हामी फेरि सामाजिक दोन्द्दको चपेटामा छौ यसलाई सहि गतिविधिमा रुपान्तरण गराउदै हामी हाम्रो सुन्दर भविस्यको सपना पूरा गर्ने बिश्वासका साथ जनचेतनामूलक अभियान लाग्नु जरुरत छ । जनताको जन–संघर्शमा सबै उमेर समुहको एकता गर्दै समुन्नत नेपाल निर्माणका लागि आजको बैज्ञानिक सामाजिक समाजवाद को सिधाान्तमा गोलबन्ध गराउने दिसातर्फ समयमै ध्यानाकर्षण भएन भने हाम्रै कारणले विस्वमा नेपाल बाट तेस्रो बिस्वयुद्दको सुरुवात हुन सक्छ । मान्छेहरू उमेर अनुसारको सोचाइमा विविधता हुनु स्वाभाविक हुने प्रसिद्ध मनोबैज्ञानिकहरुको विश्लेषण लाई शिक्षाको रुपमा लिदै मानव विकासको इतिहासमा घटेका नरसंहारकारी घटनामा हाम्रो ध्यान केन्द्रीकृत हुनु पर्छ । बिश्व इतिहासमा चलेको शक्ति संघर्शले भएको लाखौं करोडौं मान्छेहरुको मृत्युबाट हामिहरुले शिक्षा लिनुपर्छ । समाजमा स्वास्थ सामाजिक अर्थतन्त्रको आधारमा मानवीय समाजवाद तर्फ दिशानिर्देश गर्ने तपाई हाम्रो दाइत्व लाई आत्मसात गर्दै हामी र हाम्रो भविस्य हाम्रै भावना अनुरूपको हुनु पर्ने तथ्यका आधारमा अधि बड्न बिस्वप्रख्यात केही समाजसास्त्री दार्शनिक तथा अर्थसाश्त्रीहरुको सिद्धान्त बुज्नु पर्ने आवश्यकता देखिन्छ । हेगेल्सका समाजवादी दर्शन तथा सन १८४३ मा कार्लमाक्स र एङेल्शले लेखेको पहिलो जनवादी कम्युनिस्ट घोषणापत्र लगायतका समाजवादी दर्शनको अध्ययन र आजको गतिशील बैज्ञानिक समाज बारेको चिन्तन आजको हाम्रो आवश्यकता हो । चेतनाको वृद्धि विकास संगै आजको बैज्ञानिक चमत्कारले समाजमा पारेको सकारात्मक र नकारात्मक विशयबस्तु औल्याउन आजको हाम्रो आवश्यकता हो ।
समाजसास्त्री ,बैज्ञानिक र अर्थसाश्त्रीहरु बाट शिक्षा लिदै समाजका घटना परिघटनाहरुको मूल्याकंन गर्दै उक्त शक्ति उर्जा बाट औजार हरु तयार गर्दै आजको बैज्ञानिक समाजवादी बाटो खन्ने हाम्रो जिम्मेवारि लाई अवसरको रुपमा लिदै आजको हाम्रो ९८% झुट बोल्दै हिडेका दलालहरु सग शक्ति सघर्शमा उम्लियका दलाल पुजीवादी समाजजिक कुत्त्व हरुलाइ चेतनसिल बनाउने हाम्रो आजको गहन जिम्मेवारी पूरा गर्न आवश्यक छ । संन्सारमा श्रम गर्नेहरूको देस भनेर चिनिने रुस लाई एकिकृत गर्ने मार्क्सवादी सिधाान्तपालक लेनिन लगायत बिश्वामा पहिलो औद्योगिक क्रान्ति सफल गर्ने महान मानव स्टालिनको एैतिहसिक कार्यक्षमताले पुजीवादी समाज झुकेको छ । छिमेकी रास्ट्र चिनका माओसेतुङले विशाल देश चिनमा हजारौं वर्ष देखिको राजतन्त्रको दमन र बाहिरी हस्तक्षेपपुर्ण शोषण बाट मुक्त गरेको इतिहासको जगमा अहिले हाम्रोसामु कडा भएको रास्तृयता सघिय लोकतान्त्रिक गणतन्त्र र आजको हाम्रो आवश्यकताका बीचको मतभिन्नता लाई निस्वार्थ रुपले समानतारुपि धारणा बनाउनेतर्फ हाम्रो ध्यानाकर्षण हुन जरुरी छ । आजसम्म कुनैपनी दार्शनिक , समाजसास्त्री तथा अर्थसाश्त्री ले कल्पना नगरेको दलाल पुजीवादले आजको हाम्रो समाज बिगारेको छ । अस्तव्यस्त बनायको छ । झुट बोल्ने ब्यावसाय झनै फस्टाउदो छ ।
सत्य ओझेलमा परेको छ । न्याय बिक्रीवितरणमा छ ,राजनीति बिक्रीवितरणमा छ ,सम्बन्ध बिक्रीवितरणमा छ र शिक्षा समेत बिक्रीवितरणमा छ । स्वास्थ बिक्रीवितरणमा छ । बाहुले छोरासँग झुट सहजै बोलिरहेको छ। छोराले बाउसँग झुट बोल्नु सामान्य भएको छ । आमाले छोरि सँग झुट बोलेको छ छोरिले आमासँग झुट बोलेको छ । श्रीमानले श्रीमती सँग झुट बोलेको छ श्रीमतिले श्रीमान सँग झुट बोलेको छ नेताले जनता सँग झुट बोलेको छ जनताले नेताकार्यकर्ता सँग झुट बोलेको छ। शिक्षाक ले विद्यार्थी सँग झुट बोलेको छ बिद्यार्थीले शिक्षाक सँग झुट बोलेको छ यो समाजको अन्तिम अवस्थाको दुर्गन्ध हो यो समाजको यो भन्दा निच अवस्था समाजवादको सिद्धान्तमा कतै कुनैपनी दार्सनिकले कल्पनै गरेको छैन तसर्थ आजको दलाल पुजीवादको बिकृती प्रती सजक भै प्राकृतिका सामाजिक न्यायका सिद्धान्तको पालना गरि सिद्धान्तनिष्ठ कर्मठ गतिशील समाज निर्माणकाका लागि सबै एक भयर बर्ग बिहिन र सिमा विहिन समाजवाद ल्याउन यश दलाल पुजीवाद भित्र निसास्सियर जुरमुराउदै गरेको चेतनशील सबै जेन्जी लगायतका मानव समुदायलाई हार्दिक अनुरोध छ ।
छोरिले आमासँग झुट बोलेको छ । श्रीमानले श्रीमती सँग झुट बोलेको छ श्रीमतिले श्रीमान सँग झुट बोलेको छ नेताले जनता सँग झुट बोलेको छ जनताले नेताकार्यकर्ता सँग झुट बोलेको छ। शिक्षाक ले विद्यार्थी सँग झुट बोलेको छ बिद्यार्थीले शिक्षाक सँग झुट बोलेको छ यो समाजको अन्तिम अवस्थाको दुर्गन्ध हो यो समाजको यो भन्दा निच अवस्था समाजवादको सिद्धान्तमा कतै कुनैपनी दार्सनिकले कल्पनै गरेको छैन तसर्थ आजको दलाल पुजीवादको बिकृती प्रती सजक भै प्राकृतिका सामाजिक न्यायका सिद्धान्तको पालना गरि सिद्धान्तनिष्ठ कर्मठ गतिशील समाज निर्माणकाका लागि सबै एक भयर बर्ग बिहिन र सिमा विहिन समाजवाद ल्याउन यश दलाल पुजीवाद भित्र निसास्सियर जुरमुराउदै गरेको चेतनशील सबै जेन्जी लगायतका मानव समुदायलाई हार्दिक अनुरोध छ ।