दिनेश चौलागाईं
विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालबाट स्वच्छ, स्वस्थ र समुन्नत दृष्टिकोणले आज बिश्व नियाल्दा देखिएको शक्ति राष्ट्र भनिएका अमानवीय कार्यमा तल्लिन विकसित देशहरूको औद्योगिक पोलुसनले प्रकृतिमाथि गरेको गम्भीर प्रभावले सबै प्राणी जगतमा अत्यधिक असर परेको छ । प्रकृति माथिको मानव दोहनले पृथ्वीमा अत्यधिक कार्बन उत्पादन भई ओजन तह पातलो भई तापक्रममा ४ % ले वृद्धि हुँदा समुदायमा अनौठा परिवर्तनहरु देखिन थालेका छन । प्रकृतिको नियमित प्रक्रियामा अनेकन फेरबदल देखिन थालेको छ । यसले मानवीय जीवनलाई जटील बनाउन थालेको छ ।
आज संसारको प्राकृतिक न्यायको सिद्धान्त विपरीत पुँजीवादी दलाल राष्ट्रहरुले सुर्यको प्रकाश शुद्धिकरण गर्ने ओजन तहमा क्षति पुर्याएका छन् । त्येसैले आजको हाम्रो समुदायमा अनेकौं प्रकारका हानिकारक जीवाणुयुक्त भाइरसहरुको वृद्धि भएको छ । हिमनदी दिनानुदिन सुकिरहेका छन् । हिमालमा हिउँ पर्न छाडेको र प्राकृतिक उर्जा उत्पादनमा परिवर्तन भएको छ । फलस्वरूप मानव अस्तित्व आज संकट्मा छ । जैविक अस्तित्व संकटमा छ ।
संसारका बौद्धिक जगत अन्योलग्रस्त छन् । हामी शृजनशील र प्रगतिशील हुनुको साटो विकासको नामको विनाश भित्राइरहेका छौं । आज हाम्रो मानव अस्तित्वको संरक्षणका लागि सचेत हुन जरुरी छ । विश्वमा मानव समाज संकटमा पर्दैछ भन्ने बैज्ञानिक तथ्यको विषयमा चेतना फैलाउन संघर्ष गर्न जरुरी छ । संसार बचाउने र अर्गानिक प्रगतिशील समृद्धिको महा–अभियान चलाउन जरुरी छ । नेपालमा समृद्धि अभियानले आगामी वैशाख २१ गते यही विषयमा आधारित भएर सार्वजनिक बहस गर्दैछ । यस प्रकारका गतिविधि पर्याप्त हुन जरुरी छ ।