सल्यानको कपुरकोटमा तीन घर र दुई गोठ पहिरोले पुरिँदा भैंसी र बाख्रा मरे

 

काठमाडौं, असोज २१ गते ।

सल्यानको कपुरकोटमा तीन घर र दुई गोठ पहिरोले पुरिएका छन् । कपुरकोटको सलाम भन्ने ठाउँमा उक्त क्षति भएको हो । पहिरोमा

पुरिएर केही चौपाया मरेका छन् । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार केहरसिंह

रानाको एउटा कच्ची घर र गोठलाई पहिरोले पुरेको छ । त्यसैगरी वीर बहादुर रानाको एउटा कच्ची घरलाई पहिरोले क्षति गरेको छ । विजय

सिंह बुढाको एउटा कच्ची घर र गोठ पहिरोले बगाएको छ । उनीहरुको भैँसी र बाख्रा पहिरोले पुरिएर मरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *