चीनले रक्षा बजेट सात प्रतिशतले वृद्धि गर्दै २ सय ३० अर्ब डलर बजेट छुट्यायो ।

 

काठमाडौं, फागुन २१ गते ।
चीनले सन् २०२२ को रक्षा बजेटमा भारी वृद्धि गरेको छ । समाचार अनुसार चीनले ७ प्रतिशतले रक्षा बजेट वृद्धि गरेको छ । उक्त वृद्धिसँगै चीनको रक्षा बजेट २ सय ३० अर्ब डलर पुगेको छ । सन् २०२१ मा चीनको रक्षा बजेट २ सय ९ अर्ब डलर थियो । चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार रक्षा बजेट वृद्धि हुनुमा आर्थिक विकास र सुरक्षा खतरा रहेको छ ।

चिनीयाँ अधिकारीका अनुसार आर्थिक विकाससँगै सुरक्षा बजेट वृद्धि हुनुलाई स्वभाविक भएको बताइएको छ । चीनले प्रत्येक वर्ष सुरक्षा बजेट बढाउने गरेको छ । यस वर्ष भनेर रुस र युक्रेनबीचको युद्धका कारण पनि रक्षा बजेट अधिक वृद्धि गरेको बताइएको छ । अमेरिका पछि सबैभन्दा धेरै रक्षा बजेट छुट्याउने देशमा चीन दोस्रो स्थानमा रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *