जैविक भिन्नता प्राकृतिक हो भने लैंगिक विभेद मानवीकृत

  (अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रदेश मन्त्री गंगानारायण श्रेष्ठले जैविक भिन्नता र लैंगिक भिन्नता लगायतका विषयलाई समेटेर आफ्नो फेसबुक पेजमा प्रस्तुत गर्नु भएको धारणा अत्यन्तै उपयोगी भएकाले प्रस्तुत गरिएको छ ।)... Read more »

खोटाङ बुइपाका राई दम्पती कृषि कर्म गर्न सहरबाट गाउँ फर्किए 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुमन राई सात वर्षअघिसम्म राजधानी काठमाडौँमा होटल व्यवसाय गर्नुहुन्थ्यो । काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पबृक्ष’ सञ्चालन गर्नुभएका उहाँको मासिक आम्दानी रु दुई लाखसम्म थियो । छोराछोरीलाई सुविधासम्पन्न... Read more »

पोल्याण्डले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने घोषणा

  पोल्याण्डले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । सैन्य सहायताअन्तर्गत दश वटा लियोपार्ड ट्याङ्क युक्रेनलाई प्रदान गरिने पोल्याण्डले आज बताएको हो । युक्रेनले पोल्याण्डबाट प्राप्त हुने लियोपार्ड ट्याङ्कहरू... Read more »

नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको आज यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल... Read more »

भोजपुरमा सङ्ग्रहालयसहितको यलम्बर सभाहल निर्माण अन्तिम चरणमा

किराँत राईको बाहुल्यता रहेको भोजपुरमा सङ्ग्रहालयसहितको यलम्बर सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । किराँत राइको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको सङ्ग्रहालय(माङखिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम... Read more »

नारी दिवसमा व्यासगुफादेखि तनहुँसुरसम्म महिला दौड

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा व्यास नगरपालिकाको आयोजनामा महिला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्यसहित व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्म फागुन २४ गते महिला... Read more »

पोखरामा फागुपूर्णिमाको हर्षोल्लास, पर्यटकसमेत रमाए

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रङ्गको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने पर्व फागुपूर्णिमा आज हर्षोल्लासका साथ मनाइएको छ । पोखरा बजारसहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशीसहित विदेशी पर्यटकले समेत एकापसमा विभिन्न रङ्ग... Read more »

झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने पक्राउ

रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय झाँक्री महिला २२... Read more »

लोप हुँदै भक्तपुरको परम्परागत होली शैली

भक्तपुर, २२ फागुन (रासस) : ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भक्तपुर... Read more »

‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना

नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच... Read more »