जैविक भिन्नता प्राकृतिक हो भने लैंगिक विभेद मानवीकृत

 

(अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रदेश मन्त्री गंगानारायण श्रेष्ठले जैविक भिन्नता र लैंगिक भिन्नता लगायतका विषयलाई समेटेर आफ्नो फेसबुक पेजमा प्रस्तुत गर्नु भएको धारणा अत्यन्तै उपयोगी भएकाले प्रस्तुत गरिएको छ ।)
११३ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको उपलक्ष्यमा केही कुरा :
१) जैविक भिन्नता प्राकृतिक हो भने लैंगिक विभेद मानवीकृत हो । जैविक भिन्नताको कारणले गर्दा पनि लैंगिक विभेद हुन्छ । तसर्थ पुरुषले नारीमाथि जैविक भिन्नताको आधारमा लैंगिक समानताको व्यवहार गर्नुपर्छ भने समानताको नाममा नारीले जैविक समानता खोज्नु हुँदैन ।
२) नारी–पुरुष एकअर्काका परिपुरक र प्रतिस्पर्धी हुन् । तसर्थ प्राकृतिक कार्यबिभाजन बाहेक नारीको लागि गरिने अलग्गै मानवीकृत कार्यबिभाजन नारीमाथिको शोषण हो । त्यसको अन्त्य गर्नुपर्छ ।
३) आर्थिक रूपमा पैत्रिक सम्पत्तिमाथि पुरुष बराबर नारीको समान हक हुनुपर्छ । समान कामको समान ज्याला पाउनुपर्छ । घरायसी कामको मूल्य जोड्नुपर्छ । लिंगको आधारमा हुने आर्थिक विभेदको अन्त्य गरिनुपर्छ ।
४) लैंगिक आधारमा गरिने राजनीतिक विभेदको अन्त्य गरिनुपर्छ । राज्यको हरेक निकायमा नारीको समान (कतिपय ठाउँमा विशेष) अधिकार, पहुँच, अवसर र प्रतिनिधित्व विधि र व्यवहार दुबैमा हुनुपर्छ ।
५) सामाजिक, साँस्कृतिक र धार्मिक क्षेत्रमा परम्परा र अन्धविश्वासलाई आधार बनाएर नारीमाथि गरिने विभेद, अपमान, शोषण र पशुव्यवहारको अन्त्य गरिनुपर्छ । पितृसत्तात्मक सत्ताले गर्दै आएको विभेद, अपमान, शोषण र पशुव्यवहारविरुद्ध आवश्यक परे नारीले बिद्रोहसमेत गर्नुपर्छ ।
(साभार : नेसपाका सहअध्यक्ष तथा प्रदेश मन्त्री गंगानारायण श्रेष्ठको फेसबुक पेज ।)

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *