बागलुङ नगरपालिका–३ बोक्सेदेखि सिगाना पुग्ने सडक अन्तर्गत बागलुङ नगरपालिका–८ सिगानाको मनमोहन चोकको घुम्ती सडक ढलान गरिँदै । तस्बिर : खेमराज गौतम/रासस Read more »
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट । गाउँमा बिजुली पुगेपनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानी घट्टको प्रयोग हटेको छैन । तस्बिर: सुजन बज्राचार्य/रासस Read more »
पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मेद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल । ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने लिम्बु बताउनुहुन्छ । तस्बिरः गोपाल काफ्ले/रासस Read more »
भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार । असारमा धान रोप्नका लागि जेठ १० देखि २० गतेभित्र बीउ राख्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा आकृति बनाइँदै । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन ढुङ्गामा विभिन्न आकृति खोप्ने कामको सुरुआत गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान । जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
चितवनको इच्छाकामना गाँउपालिकाको कच्ची सडक र पृष्ठभूमिमा देखिएको चुरे पहाडसँगै तराईको समथर भाग । तस्बिरः कृष्ण आचार्य/रासस Read more »
ढोरपाटन (रासस) : जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि... Read more »
नेपालगञ्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका लागि जस्तापाताले छाएको एउटामात्र... Read more »
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुङ्गामा आकृति खोपर आकर्षकस्थल बनाउने काम भइरहेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाएको हो । पृथ्वीराजमार्ग... Read more »