श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच शुक्रबार भेटवार्ता भएको छ । श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे दुई दिने भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेलाई नयाँ दिल्लीस्थित हैदरावाद... Read more »

बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध

बिहीबार राति परेको भीषण वर्षाका कारण तनहुँको भिमाद नगरपालिका–१ डुम्रीवेसीदेखि घिरिङ गाउँपालिका–२ बेलादी जाने बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न क्यामेरा जडान

काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ । यसरी सडकमा जडान गरिएका क्यामरा (उपकरण) ले तीव्र... Read more »

बागलुङ जिल्लाको गलकोटमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण... Read more »

सचिव कृष्णबहादुर राउतलाई थुनामा राख्नुपर्ने आधार छैन : सर्वोच्च

सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा सचिव कृष्णबहादुर राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको ठहर गरेको छ । न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव... Read more »

देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो ।... Read more »

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न आदेश

काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न... Read more »

प्रधानमन्त्री प्रचण्ड शनिबार इटालीको रोम जानुहुँदै

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ... Read more »

सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति निरुत्साहित

मेची भन्सार कार्यालय काँकडभिट्टाले रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् । पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी,... Read more »

संवैधानिक निकायका सुझाव कार्यान्वयन गर्नुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संवैधानिक निकायले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन ग्रहण गर्दै उहाँले संवैधानिक निकायले... Read more »