सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु

झापा, २६ भदौ : कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार... Read more »

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर (चितवन), २६ भदौ : सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका... Read more »

राजनीतिमा निकै परिपक्क सहमति,सहकार्य र एकताको मियो थिए नेम्वाङ

काठमाडौँ, २६ भदौ स् नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ । विसं... Read more »

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

काठमाडौँ, २६ भदौ : सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ । उहाँले नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको... Read more »

एमाले आकस्मिकरूपमा सचिवालय बैठक बस्दै

काठमाडौँ, २६ भदौ : नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक... Read more »

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २६ भदौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उहाँले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका... Read more »

कर्मचारी निलम्बनमा परेपछि नगरपालिकाको काम प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर), २६ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज... Read more »

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २६ भदौ : हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको... Read more »

भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ

मध्यविन्दु(नवलपरासी), २५ भदौ : पाल्पाबाट अवैध रुपमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै... Read more »

चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै

मलेखु (धादिङ), २५ भदौ : धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ... Read more »