सैन्य कारबाहीमा उनान्चालिस जना विद्रोही मारिए

सोमालियाको राष्ट्रिय सेनाले विद्रोही समूह अलशबाबविरुद्ध गरेको कारबाहीमा ३९ जना विद्रोही मारिएका छन् । सेनाले देशको मध्यभागमा अवस्थित शहर हारार्देरे नजिक गरिएको कारबाहीमा ती विद्रोही मारिएका बताएको छ । सोमालियाका अन्तर्राष्ट्रिय साझेदारहरूको... Read more »

आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न प्रधानमन्त्रीको अनुरोध

न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न अनुरोध गर्नुभएको छ । प्रधानमन्त्रीका रूपमा देशवासीलाई अन्तिम सम्बोधन गर्दै उहाँले न्युजिल्याण्डका जनतालाई आफूले कहिल्यै नबिर्सने बताउनुभयो । जनताका कामले नै आफू आनन्दित भएको... Read more »

संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीद्वारा सहायता कार्यकर्ताहरूमाथिको आक्रमणको निन्दा

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघका वरिष्ठ राहत अधिकारीले पिबोर र ग्रेटर पिबोर प्रशासनिक क्षेत्रका मानवीय कामदार र सम्पत्तिमाथि भएको आक्रमणको निन्दा गरेका छन्। दक्षिण सुडानमा अन्तरिम मानवीय संयोजक पिटर भान डेर औवेरर्टले सोमबार... Read more »

साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्कालीहरूलाई रोजगारी दिने

श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले मङ्गलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजान इच्छुक रहेको बताउनुभएको छ । मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलङ्काका लागि... Read more »

भारतद्वारा एससीओ बैठकका निम्ति चीन र पाकिस्तानका विदेशमन्त्रीहरूलाई निम्तो

भारतले मे ४ मा गोवामा आयोजना गर्न लागिएको विदेश मन्त्रीहरूको बैठकको लागि पाकिस्तान र चीन लगायत साङ्घाई सहयोग सङ्गठनका सबै सदस्यहरूलाई औपचारिक रूपमा निमन्त्रणा पठाएको छ । बैठकका लागि चीनका नवनियुक्त विदेशमन्त्री... Read more »

कुरान च्यातेको आरोपमा टर्किएले डच राजदूतलाई स्पष्टीकरणका निम्ति बोलाइयो

टर्कीको विदेश मन्त्रालयले मङ्गलबार कुरानको पाना च्यातेको आरोपमा चरम दक्षिणपन्थी नेदरल्याण्डका राजनीतिज्ञको “घृणित कार्य” को विरोध स्वरूप अङ्काराका लागि डच राजदूतलाई बोलाएको छ। मन्त्रालयले जोप विजनान्ड्सलाई “घृणित कार्यको विरोध गर्न बोलाएको छ... Read more »

‘जर्मनी र फ्रान्सले युरोपको विकासमा अग्रता लिनुपर्छ’

जर्मनी र फ्रान्सले युरोपको विकासमा ‘अग्रता’ लिनुपर्ने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ । फ्रान्स र जर्मनीले युद्धपछिको सहकार्यको ६० औँ वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार पेरिसमा आयोजना भएको एक समारोहमा युरोपको विकासमा जर्मनी... Read more »

युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र

केही समयदेखि जारी गतिरोधपछि युक्रेनको जापोरिजिया क्षेत्रमा यसै साता लडाइँ तीव्र भएको रूसी सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । मस्कोको सेना जापोरिजियाका दुई शहरतर्फ अघि बढिरहेको छ रूसले दावी गरेको हो ।... Read more »

बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने

बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिनुभएको हो । देशको संविधानले एक... Read more »

चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित

चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट... Read more »