कर्णालीमा उद्योग दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने

भेरीगङ्गा (सुर्खेत), २० भदौ : कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ । प्रदेश सरकारले जारी गरेको उद्योग नियमावलीअनुसार महिला, दलित र... Read more »

खाली जग्गा सदुपयोग गरीमहामारीमा ठप्प बनेपछि कागती खेती

मलेखु (धादिङ), २० भदौ : धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती... Read more »

मह बिक्री गर्न हामी कहिल्यै बजार गएनाँैं, ग्राहकहरू खोज्दै घरमै

तुलसीपुर(दाङ),१९ भदौ(रासस): तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न थालेको दस वर्ष भयो । दैनिक हुने अन्य कामसँगै बाँकी रहेको समय मौरी पालन गरेरै उहाँले वार्षिक रु एकलाख कमाई... Read more »

पशु सेवा विज्ञ केन्द्र बागलुङले मासु र घाँसमा किसानलाई अनुदान दिने कार्यक्रम

गलकोट (बागलुङ), १८ भदौ : बागलुङ जिल्ला मासुमा आत्मनिर्भर भइसकेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउँदै खसीबोका निर्यात गर्ने उद्देशयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले मासु र घाँसमा किसानलाई... Read more »

मालढुङ्गा–बेनी सडक : सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

पर्वत, १८ भदौ : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम सम्झौता अवधि नाँघीसक्दा जम्मा ४० प्रतिशत मात्र प्रगति भएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै... Read more »

धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित

गलेश्वर (म्याग्दी), १८ भदौ : म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो... Read more »

अघि बढ्दै ‘सहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान

काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा सहरका मुख्य चोकमा... Read more »

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको

काठमाडौँ, १८ भदौ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको... Read more »

कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको

कागबेनी (मुस्ताङ), १८ भदौ : मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन... Read more »

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको

रसुवा, १८ भदौ :पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र... Read more »