धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने

गोदावरी (कैलाली), १७ असोज : धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार... Read more »

हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध

मकवानपुर, १७ असोज : गए राति परेको वर्षासँगै आएको पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध भएका छन् । पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको... Read more »

जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै

काठमाडौँ, १७ असोज : जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी... Read more »

गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य : उपप्रधानमन्त्री खड्का

काठमाडौँ, १७ असोज (रासस) : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताउनुभएको छ । मङ्गलबार यहाँ आयोजित एक समारोहमा ‘रातो टिकी’ साङ्गीतिक श्रव्यदृश्य सार्वजनिक गर्नुहुँदै... Read more »

चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा

काठमाडौँ, १७ असोज (रासस) : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६... Read more »

कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट

काठमाडौँ, १७ असोज : कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो । विमानस्थल... Read more »

अबिरल वर्षासँगै खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध

त्रिवेणी (नवलपरासी), १७ असोज : अबिरल वर्षासँगै खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिराको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी... Read more »

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर (बझाङ), १७ असोज : बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी... Read more »

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

मलेखु (धादिङ), १७ असोज : धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको... Read more »

आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ, १७ असोज : नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ... Read more »