फुङ्लिङ, (ताप्लेजुङ), २३ असोज : ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन्... Read more »
बेनी, २३ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाइ नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा... Read more »
म्याग्दी, २३ असोजः मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुुलाउन तयार रहेको जनाएको थियो... Read more »
गण्डकी, २३ असोज :पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवार विगत चार दशकयता व्यावसायिक कृषिमा निरन्तर जुटिरहेको छ । देशमा कृषिप्रतिको अनिच्छाका कारण खेतबारी बाँझिदै गएका अवस्थामा अधिकारी परिवारको क्रियाशीलता र सफलताको कथा... Read more »
राससले एफटिपी प्रणालीबाट श्रव्यदृश्य सेवा दिन थालिसकेको छ । यस सेवासँग जोडिन बाँकी सेवाग्राहीहरूले आ–आफ्नो आधिकारिक इमेलबाट rssvideosewa@gmail.com मा ‘रिक्वेस्ट’ पठाउन सक्नुहुनेछ – श्रव्यदृश्य शाखा Read more »
काठमाडौँ, २३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ । उहाँले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र... Read more »
बेदकोट (कञ्चनपुर), २३ असोज ः इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक... Read more »
काठमाडौँ, २३ असोज: कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । लामो समयदेखि निर्माणको... Read more »
महेन्द्रनगर (कञ्चनपुर) २३ असोज : कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र... Read more »
झापा, २३ असोज: सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर... Read more »