चीनका चौध छिमेकी मुलुकमध्ये एक नेपालले त्यहाँकोे अभुतपूर्व आर्थिक प्रगतिबाट धेरै सहयोग लिन सक्नुपर्छ ।

 

काठमाडौं, वैशाख २६ गते ।

विश्वको दोश्रो ठूलो महाशक्ति देश चीनको तीब्र आर्थिक विकासले विश्व बजारमा आफ्नो प्रभुत्व कायम गर्दै गइरहेको छ । यसका चौधवटा छिमेकी देशहरुमध्ये नेपाल एउटा सानो तथा भुपरिवेष्ठित मूलुक नेपालले चीनमा भएको यो अभुतपूर्व आर्थिक प्रगतिवाट धेरै सहयोग लिन सक्नुपर्छ । अमेरिकी महाशक्ति राष्ट्रलाई चुनौति दिने एक मात्र देश चीन बन्दै गएकाले विश्व राजनीतिमा नयाँ ध्रुवको जन्म हुन पुगेको छ । करिब ९६ लाख वर्गकीलोमिटर क्षेत्रमा फैलिएको यो मुलुक क्षेत्रफलको हिसाबले रुस र क्यानाडा पछिको तेश्रो विशाल क्षेत्रफल भएको देश हो । पश्चिम चीनमा रात पर्दै गर्दा पूर्वी चीनमा सूर्यको किरण प्रवेश गर्दै गरेको यथार्थलाई नै आत्मसाथ गर्ने हो भने पनि भन्न सकिन्छ कि चीन भौगोलिक रुपले विशाल मुलुक हो । चीनको भौगोलिक मानचित्रमा ठूलाठूला पर्वतहरु, नागवेली परेका उच्चस्थलहरु छन् भने समतल तथा उब्जनीयोग्य मैदानहरु पनि प्रशस्तै देखिन्छन् । उक्त मुलुकको हुखोउ झर्ना चर्चित झर्ना हो ।

हावापानीको हिसाबले यहाँ मनसुनी प्रभाव पर्दछ । वर्षा र गर्मी सँगसँगै हुने यो भूभागमा सेप्टेम्बरदेखि अप्रिलसम्म उत्तरमा साइवेरिया र मंगोलियाबाट सुख्खा र ठण्डा हिउँदे मनसुन भई दक्षिण भाग पुग्दा बिस्तारै कम हुन्छ । चीनको भुमि संरचनाको कुरा गर्दा खेतीपाती गरिएका जमीन, वनजंगल, घास चरणभूमी, मरुभूमी र ज्वारभाटा लाग्ने भूमि पाईन्छ । चीन वन्यजन्तुको हिसावले पनि विविधतायुक्त मुलुक हो । यहाँ मेरुदण्डी जीवहरुको प्रजाति ४४ हजारभन्दा बढी छन्, जुन विश्वको कूल १० प्रतिशतभन्दा बढी हुन आउँछ । चराहरुको प्रजातिको हिसावले लगभग १२ सय प्रजातिका चराहरु पाइन्छन् । मनचुरिया बाघ, बाँदरमुखे लाटोकोसेरो, ठूलो पाण्डा, सुनौला केश भएको बाँदर, रंगीविरंगी सारस आदि चर्चित जनावर र चराहरु हुन् । जनसंख्याको हिसाबले चीन विश्वकै बढी जनसंख्या भएको मुलुक अर्थात् लगभग २२ प्रतिशत जनसंख्या भएको मुलुक हो ।

चीनमा जनसंंख्याको जनघनत्व असमान तरिकाले फैलिएको छ भने पूर्बी क्षेत्रमा बढी जनघनत्व भएको पाईन्छ । शहर बजारको जनसंख्या लगभग ३० प्रतिशतको हाराहारीमा भएको र शहरीकरण तीब्र गतिमा हुँदै गएकाले शहरी जनसंख्या पनि अत्याधिक बढ्न थालेको छ । यस मुलुकमा ५६ भन्दा बढी जनजातीहरुको बसोबास छ । कुल जनसंख्यामध्ये लगभग ९२ प्रतिशत जनता हान जातिका छन् । अन्य जातिहरु अत्यन्तै अल्पमतमा छन् । हान जाति देशैभरी फैलिएको छ । चीन सरकारले अल्पसंख्यक जनताको अधिकार र समानताका लागि विभिन्न जाति तथा जनजातिहरुबीच सुमधुर सम्बन्ध कायम गर्न आपसी एकता नै चीनीयाँ जनताको प्रगतिको आधार हो भन्ने नीति अख्तियार गरेको छ । हान जनताका आफ्नै बोल्ने र लेख्ने भाषा छ । यो भाषा विश्वमा नै सबैभन्दा बढी प्रयोग गरिने भाषाहरु मध्येमा पर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *