काठमाडौं, चैत्र ३० गते ।
१८औँ शताब्दीको मध्येदेखि १९औँ शताब्दीको मध्यसम्म बेलायतमा औद्योगिक क्रान्ति भएको थियो । औद्योगिक क्रान्ति शब्दको प्रयोग सर्वप्रथम फ्रान्सेलीले प्रयोग गरेका थिए । यस शब्दलाई अंग्रेज आर्थिक इतिहासकार आर्नोल्ड टायनवीले विश्वव्यापी बनाएका थिए । औद्योगिक क्रान्तिपछि बेलायत, फ्रान्स, स्पेन, हल्याण्ड र बेल्जियमले ठूला–ठूला साम्राज्य खडा गरे । औद्योगिक क्रान्तिपश्चात् बेलायतमा मजदुरहरुको संख्यामा वृद्धि भयो । उक्त क्रान्तिपछि पहिलेका व्यापारीहरु पुँजीपति बने भने किसान र कालीगढहरु मजदुर बने । जेम्सवाटले सन् १७६९ मा वाफले चल्ने यन्त्र बनाएका थिए । जर्ज स्टिफेन्सले वाफ शक्तिद्वारा रेल इन्जिन चलाएका थिए । सन् १७६४ मा हारग्रिन्डाले धागो कात्ने मेशिनको आविष्कार गरेका थिए ।
सन् १७९३ मा इली बिटनीले कपासबाट दाना छुट्याउने मेशिनको आविष्कार गरे । सन् १८१५ मा हम्फ्री डेभीले खानीमा काम गर्ने कामदारका लागि सेफ्टी ल्याम्पको आविष्कार गरे । उक्त अवधिमा भएका विभिन्न आविष्कारका कारण औद्योगिक क्रान्ति गर्न मद्दत गरेको थियो । औद्योगिक क्रान्तिले व्यापक रुपमा स्वचालित यन्त्रहरुको प्रयोग भयो । ठूलो परिणाममा उत्पादन र वितरण भयो । मानिसको राजनीतिक, सामाजिक र आर्थिक जीवनमा ठूलो परिवर्तन ल्यायो । ठूला औद्योगिक शहरहरुको निर्माण भए । वस्तु र सेवाको मूल्यमा व्यापक कटौती भयो । उक्त औद्योगिक क्रान्तिले नकारात्मक प्रभाव पनि पा¥यो । घरेलु उद्योगहरु धराशायी भए । पुँजीवादको बोलवाला बढ्यो । जनसंख्यामा वृद्धि भयो । सांस्कृतिक अतिक्रमण भयो । औद्योगिक अशान्ति र राष्ट्रहरुबीच द्वन्द्व बढ्यो ।