रमेश खड्का
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले ‘एसिया ग्लोबल एक्सिलेन्स् अवार्ड’ प्राप्त गरेका छन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए बापत ‘एसिया ग्लोबल एक्सिलेन्स् अवार्ड–२०२६’ ले सम्मान गरिएको हो ।

थाइल्यान्डको पटया स्थित सियामिडा होटलमा अगष्ट–१० मा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ समारोहमा नगर प्रमुख रिसाललाई Excellent Globle Asia Nepal Mayor Award in Education and Health बाट सम्मान गरिएको हो ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा उल्लेखनीय योगदान पुर्याएर व्यवसायिक उत्कृष्टता तथा समर्पित सेवामार्फत समुदायमा सकारात्मक प्रभाव पारेकोमा उनलाई सम्मान गरिएको कुरा उनलाई प्रदान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।