शिकागोको एक आवासीय भवनमा विस्फोट हुँदा कम्तीमा आठ जना घाइते

 

न्युयोर्क,

शिकागोको एक आवासीय भवनमा विस्फोट हुँदा कम्तीमा आठ जना घाइते भएका स्थानीय अग्नि विभागका अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार मंगलबार विहान पौने दश बजे उक्त विस्फोट भएको अग्नि नियन्त्रण विभागका अधिकारीहरुले जनाएका छन् ।

वासिंटन बुलेभार्ड र सेन्ट्रल एभिन्यु नजिकै विस्फोट भएको हो । विस्फोटका घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ । विस्फोट  भएको स्थान नजिकै रहेको भवन खाली गर्ने काम भइरहेको दमकल अधिकारीहरुले बताएका छन् । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *