नयाँ बानेश्वर, काठमाडौं
नेपालमा समृद्धि अभियानको दुई महिने (असार–श्रावण) कार्यक्रम समूह अन्तर्गतको संस्थागत विशेष सहकार्य कार्यक्रम मदन भण्डारी मेमोरियल कलेज, नयाँ बानेश्वर, काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । पत्रकारिता तथा आम सञ्चार विषयमा स्नातक र प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुसँग कार्यक्रम गरिएको हो । कार्यक्रमको विषय ‘नेपालको सुशासन प्रवद्र्धनमा मिडियाको भूमिका’ राखिएको थियो । नेपालमा समृद्धि अभियानको तर्फबाट रमेश खड्का र परिवर्तन भट्टराईले प्रस्तुति र व्यवस्थापकीय भूमिका निर्वाह गर्नु भयो ।

त्यसैगरी मदन भण्डारी मेमोरिलय कलेजका सहायक क्याम्पस प्रमुख प्रज्ज्वलमान श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त महत्वपूर्ण कार्यक्रम सञ्चालनको लागि संयोजन र व्यवस्थापन मानविकी तथा सामाजिकशास्त्र, स्नातक तहका कोअर्डिनेटर गणेश कुमार बस्नेतले गर्नु भएको थियो ।

त्यसैगरी पत्रकारिता तथा आमसञ्चार विषयका कोअर्डिनेटर सुनिल पौडेल र स्कुल प्रिन्सिपल कमल न्यौपानेको पनि कार्यक्रममा उपस्थिति थियो । सहायक क्याम्पस प्रमुख प्रज्ज्वमान श्रेष्ठ, बिए कोअर्डिनेटर गणेश कुमार बस्नेत र पत्रकारिता तथा आमसञ्चारका कोअर्डिनेटर सुनिल पौडेलले महत्वपूर्ण भनाई राख्नु भयो ।

त्यसैगरी अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थीहरुले पनि महत्वपूर्ण भनाई राख्नु भयो । पत्रकारिता तथा आमसञ्चार कक्षा १२ मा अध्ययनरत विद्यार्थी भरत वली, कक्षा १२ मा अध्ययनरत लासाङमाया स्याङ्तान, स्नातक चौथो वर्षमा अध्ययनरत रतन बहादुर बुढा र स्नातक तेस्रो वर्षमा अध्ययनरत सुदिक्षासिंह ठकुरीले सहभागी सबै विद्यार्थीहरुको तर्फबाट आफ्नो भनाई राख्नु भयो ।

त्यसैगरी मदन भण्डारी मेमोरियल कलेजको तर्फबाट सहायक क्याम्पस प्रमुख प्रज्ज्वलमान श्रेष्ठले नेपालमा समृद्धि अभियान परिवारलाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गर्नुभयो । त्यसको लागि नेपालमा समृद्धि अभियान र यस अन्तर्गतको महत्वपूर्ण कार्यक्रम संस्थागत विशेष सहकार्य कार्यक्रमले मदन भण्डारी मेमोरियल कलेजलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
