मदन भण्डारी मेमोरियल कलेजमा संस्थागत विशेष सहकार्य कार्यक्रम सम्पन्न

नयाँ बानेश्वर, काठमाडौं

नेपालमा समृद्धि अभियानको दुई महिने (असार–श्रावण) कार्यक्रम समूह अन्तर्गतको संस्थागत विशेष सहकार्य कार्यक्रम मदन भण्डारी मेमोरियल कलेज, नयाँ बानेश्वर, काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । पत्रकारिता तथा आम सञ्चार विषयमा स्नातक र प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुसँग कार्यक्रम गरिएको हो । कार्यक्रमको विषय ‘नेपालको सुशासन प्रवद्र्धनमा मिडियाको भूमिका’ राखिएको थियो । नेपालमा समृद्धि अभियानको तर्फबाट रमेश खड्का र परिवर्तन भट्टराईले प्रस्तुति र व्यवस्थापकीय भूमिका निर्वाह गर्नु भयो ।

त्यसैगरी मदन भण्डारी मेमोरिलय कलेजका सहायक क्याम्पस प्रमुख प्रज्ज्वलमान श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त महत्वपूर्ण कार्यक्रम सञ्चालनको लागि संयोजन र व्यवस्थापन मानविकी तथा सामाजिकशास्त्र, स्नातक तहका कोअर्डिनेटर गणेश कुमार बस्नेतले गर्नु भएको थियो ।

त्यसैगरी पत्रकारिता तथा आमसञ्चार विषयका कोअर्डिनेटर सुनिल पौडेल र स्कुल प्रिन्सिपल कमल न्यौपानेको पनि कार्यक्रममा उपस्थिति थियो । सहायक क्याम्पस प्रमुख प्रज्ज्वमान श्रेष्ठ, बिए कोअर्डिनेटर गणेश कुमार बस्नेत र पत्रकारिता तथा आमसञ्चारका कोअर्डिनेटर सुनिल पौडेलले महत्वपूर्ण भनाई राख्नु भयो ।

त्यसैगरी अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थीहरुले पनि महत्वपूर्ण भनाई राख्नु भयो । पत्रकारिता तथा आमसञ्चार कक्षा १२ मा अध्ययनरत विद्यार्थी भरत वली, कक्षा १२ मा अध्ययनरत लासाङमाया स्याङ्तान, स्नातक चौथो वर्षमा अध्ययनरत रतन बहादुर बुढा र स्नातक तेस्रो वर्षमा अध्ययनरत सुदिक्षासिंह ठकुरीले सहभागी सबै विद्यार्थीहरुको तर्फबाट आफ्‌नो भनाई राख्नु भयो ।

त्यसैगरी मदन भण्डारी मेमोरियल कलेजको तर्फबाट सहायक क्याम्पस प्रमुख प्रज्ज्वलमान श्रेष्ठले नेपालमा समृद्धि अभियान परिवारलाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गर्नुभयो । त्यसको लागि नेपालमा समृद्धि अभियान र यस अन्तर्गतको महत्वपूर्ण कार्यक्रम संस्थागत विशेष सहकार्य कार्यक्रमले मदन भण्डारी मेमोरियल कलेजलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *